आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीले प्रचण्डलाई पनि बनाएका थिए दोस्रो अध्यक्ष, माधव नेपाललाई किन हाले चारो ?

ओलीले प्रचण्डलाई पनि बनाएका थिए दोस्रो अध्यक्ष, माधव नेपाललाई किन हाले चारो ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण ७ २०७८

  • 6.3K
    SHARES

  • ओलीले प्रचण्डलाई पनि बनाएका थिए दोस्रो अध्यक्ष, माधव नेपाललाई किन हाले चारो ?

    काठमाडौं - यतिबेला एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन गरेको प्रस्तावबारे निकै चर्चा परिचर्चा भइरहेको छ । ओलीले बुधबारको केन्द्रीय कमिटी बैठकमा ओलीले पुरानो कुरा उल्लेख गर्दै पार्टी एकता कायम राख्न आफूले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेको तर उनले अस्वीकार गरेको बताएका थिए ।

    ओलीको यो प्रस्ताव सार्वजनिक भएलगत्तै अहिले एकथरी एमाले विवाद मिल्ने चरणमा पुगेको भन्दै खुसीले दंग छन् भने अर्कोथरी ओलीले माधव नेपाललाई आफ्नो साइजमा ल्याउन यस्तो ललिपप देखाएको टिप्पणी गरेका छन् ।

    ओली अहिले सत्ताबाट बाहिर निस्किनुपर्दा निकै विक्षिप्त अवस्थामा छन् । त्यही रिसमा उनले असार २९ गते बालकोटको बार्दलीमा बसेर नेपाललाई गद्दारको संज्ञा दिएका थिए । चालू केन्द्रीय कमिटी बैठकमा पनि ओलीले नेपाललाई लालगद्दार भन्दै अपमान गरेका छन् । 

    तर जतिसुकै गाली गरे पनि ओलीले माधव नेपाललाई एमालेबाट निष्कासन नै गर्छन् भन्ने धेरैलाई विश्वास लागेको छैन । एमाले बनाउन जति ओलीको योगदान छ, त्यो भन्दा धेरै पसिना माधव नेपालले पनि बगाएका छन् ।

    हुन त यसअघि पनि ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपाको दोस्रो अध्यक्ष बनाएकै थिए । तर, तीन वर्ष नपुग्दै प्रचण्डलाई गलहत्याइदिए । एमाले र माओवादी केन्द्रबीचको एकता खारेज गराउनमा ओलीको विशेष भूमिका रहेको प्रचण्डको आरोप छ । अदालतबाटै नमागेको मुद्दामा फैसला आएपछि यसमा ओलीकै भूमिका रहेको धेरैले आशंका गरेका हुन् ।

    अहिले पनि ओली माधव नेपाललाई फकाई फुल्याई एमालेमा राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाउने सपना देखिरहेका छन् । त्यसैले पनि एक हप्ता नपुग्दैका लालगद्दार माधव नेपाललाई ओली दोस्रो अध्यक्षको चारो हाल्ने मनस्थितिमा पुगेको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend