आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

झलनाथ खनालको उपचारमा नेपाल सरकारबाट ३० लाख निकासा भइसक्यो !

झलनाथ खनालको उपचारमा नेपाल सरकारबाट ३० लाख निकासा भइसक्यो !

  • मिडिया डबली
  • बिहिवार, श्रावण ७ २०७८

  • 6.0K
    SHARES

  • झलनाथ खनालको उपचारमा नेपाल सरकारबाट ३० लाख निकासा भइसक्यो !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि कानूनविपरीत ३० लाख रुपैयाँ निकासा गरिएको छ ।

    दुवै मिर्गौलामा समस्या देखिएपछि उपचारका लागि भारतको नयाँदिल्ली गएका खनालले एपोलो अस्पतालमा उपचार गराइरहेका छन् । एमाले नेताहरूका अनुसार खनालको मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।

    नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले नेता खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने निर्णय गरेपछि अर्थ मन्त्रालयले ३० लाख रुपैयाँ निकासा पठाएको छ ।

    भारतको नयाँदिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करीब ३० लाख रुपैयाँ लाग्ने हिसाब पठाएको थियो । एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै ३० लाख रुपैयाँ रकम निकासा भइसकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

    विदेशी अस्पतालमा हुने कुनै पनि उपचारको खर्च नेपाल सरकारले व्यहोर्न नपाइने कानूनी प्रावधान रहेको छ । २०७५ असोज २ गतेदेखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा लेखिएको छ, ‘प्रचलित कानूनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन ।’

    विदेशमा गरिएको उपचारका लागि गैरकानूनी रूपमा राज्यकोषबाट भुक्तानी गर्ने कार्यको नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले विरोध गर्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend