आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीले दिएको दोस्रो अध्यक्ष बन्न माधव नेपाल तयार भएनन् ? सुर्य थापाको यस्तो खुलासा

ओलीले दिएको दोस्रो अध्यक्ष बन्न माधव नेपाल तयार भएनन् ? सुर्य थापाको यस्तो खुलासा

  • मिडिया डबली
  • बिहिवार, श्रावण ७ २०७८

  • 7.2K
    SHARES

  • ओलीले दिएको दोस्रो अध्यक्ष बन्न माधव नेपाल तयार भएनन् ? सुर्य थापाको यस्तो खुलासा

    काठमाडौं – नेकपा एमालेभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएको समाचार आइरहेका बेला नेता सुर्य थापाले अर्कै खुलासा गरेका छन् ।

    ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका नेता थापाले नेता नेपाल अध्यक्ष बन्न तयार नभएको संकेत गरेका छन् ।

    नेता थापाले ट्विटरमा लेख्दै नेपालले पार्टीमा बहुमत चाहेको र त्यो मक्सद ओलीले पूरा हुन नदिने जनाएका छन् ।

    अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा राखेको कुरा उदृत गर्दै थापाले लेखेका छन्, ‘माधवकुमार नेपाल पार्टीमा आउने भए दोस्रो अध्यक्ष दिन्छु, केन्द्रीय कमिटीलाई सम्झाउँलासम्म भनेको थिएँ, उहाँले बहुमत नभएको कमिटीका निर्णय कहाँ मान्छु भनेको समेत साथीहरूले सुनाउनुभयो । उहाँको त्यो मक्सद त पूरा हुँदैन । बहुमत त हामीलाई निष्कासन गरेर पार्टी कब्जा गर्न चाहिएको हो !’

    बुधबार बसेको नेता नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदको भेलाले पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend