काठमाडौं – नेकपा एमालेमा विवाद चर्किएका बेला अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद किसान श्रेष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि अनेक अड्कलबाजी भइरहेका छन् ।
सांसद श्रेष्ठसँग निकट रहेका नेता महेश बस्नेत समेत नेपाल पक्षमा जानसक्ने चर्चा राजनीतिक वृत्तमा चलाइएको छ । तर नेता बस्नेले आफू सती नजाने स्पष्ट पारेका छन् ।
बुधबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बस्नेतले भनेका छन्, ‘मित्र किसान श्रेष्ठसँगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो, पौराणिक खालको श्रीमान्–श्रीमती जस्तो मृत्युमा सती जाने जस्तो सम्बन्ध होइन । केही मिडिया किन रमाएका हुन् ?’
नेता नेपालले एमालेभित्रै बहुमत पुर्याउने र किसान श्रेष्ठले सघाउने चर्चाबीच महेश बस्नेत समेत चासोका पात्र बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।