आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अब एमालेमा २ अध्यक्ष ! माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने ओलीको घोषणा

अब एमालेमा २ अध्यक्ष ! माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने ओलीको घोषणा

  • मिडिया डबली
  • बुधवार, श्रावण ६ २०७८

  • 7.1K
    SHARES

  • अब एमालेमा २ अध्यक्ष ! माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने ओलीको घोषणा

    काठमाडौं – नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउने भएका छन् ।

    अध्यक्ष ओली पार्टी पार्टी एकताका लागि नेता माधवकुमार नेपाललाई एमालेको दोस्रो अध्यक्ष बनाउन सहमत भएका छन् ।

    आज बुधवार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाललाई अध्यक्ष बनाउन आफू तयार रहेको बताए ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएपछि बसेको बैठकले एकताका लागि १० बुँदे सहमति समेत पारित गरेको थियो । बुधबारै बसेको नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदको बैठकले समेत पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेको छ ।

    केन्द्रीय कमिटी बैठकमा ओलीले भने, ‘हामी पार्टी एकताका लागि हदैसम्म लचिलो छौं, अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ । माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागेमा मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन म तयार रहेको छु ।’

    जबकि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै एमाले केन्द्रीय कमिटीले बुधबार नै २२ सांसदलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ तर स्पष्टीकरणमा सर्वोच्च अदालतको परमादेशबाट बच्न विश्वासको मतबारे केही उल्लेख गरिएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend