आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल पक्षको बैठक सकियो, ओलीसँग एकता गरेरै जाने निर्णय, सरकारमा नजाने

माधव नेपाल पक्षको बैठक सकियो, ओलीसँग एकता गरेरै जाने निर्णय, सरकारमा नजाने

  • मिडिया डबली
  • बुधवार, श्रावण ६ २०७८

  • 7.0K
    SHARES

  • माधव नेपाल पक्षको बैठक सकियो, ओलीसँग एकता गरेरै जाने निर्णय, सरकारमा नजाने

    काठमाडौं – नेकपा एमालेमा असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षको बैठकले अध्यक्ष केपी शर्मा ओलीसँग एकता गरेरै जाने निर्णय गरेको छ ।

    नेपाल पक्षका केन्द्रीय कमिटी सदस्य र प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिएका २२ सांसदले पार्टी एकता गरेरै जाने निर्णय गरेको छ ।

    प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि एमाले विभाजन हुनसक्ने चर्चाबीच नेपाल पक्षले एकतामै जोड दिएको छ ।

    नेपाल पक्षको बैठकले १० बुँदे सहमति भइसकेको अवस्थामा अदालतको फैसलाविरुद्ध पार्टी नेतालाई स्पष्टीकरण सोध्ने, नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी गर्ने गतिविधिप्रति खेद जनाउँदै एकताका लागि गम्भीर हुन अध्यक्ष ओलीलाई ध्यानाकर्षण गराउने प्रस्ताव पारित गरेको नेता रजुजी पन्तले जानकारी दिए ।

    अर्काेतिर अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटी बैठक समेत ३ दिनदेखि चलिरहेको छ । नेपाल पक्षका कार्यदल संयोजक तथा उपाध्यक्ष भीम रावल नेपाल पक्षको बैठकमा सहभागी भएका थिएनन् । 

    नेपाल पक्षको बैठकले पार्टी एकतामै जोड दिएपछि अब देउवा सरकारमा जाने सम्भावना टरेको नेपाल पक्षका एक नेताले जानकारी दिए । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले भने नेपाल पक्षलाई सरकारमै आउन जोड दिइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend