आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गगन थापा अडानमा कट्टर : झलनाथको उपचार खर्च व्यहोर्ने चर्चामा देउवालाई दिए यस्तो जवाफ

गगन थापा अडानमा कट्टर : झलनाथको उपचार खर्च व्यहोर्ने चर्चामा देउवालाई दिए यस्तो जवाफ

  • मिडिया डबली
  • बुधवार, श्रावण ६ २०७८

  • 7.3K
    SHARES

  • गगन थापा अडानमा कट्टर : झलनाथको उपचार खर्च व्यहोर्ने चर्चामा देउवालाई दिए यस्तो जवाफ

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँदिल्लीमा गरेको उपचारको खर्च व्यहोर्ने विषयमा भइरहेको चर्चाबारे चर्चित युवा नेता गगनकुमार थापाले जवाफ दिएका छन् ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयबमोजिम देउवा सरकारले झलनाथको उपचार खर्च व्यहोर्ने भन्ने चर्चा भएपछि  कतिपयले सामाजिक सञ्जालमा नेता थापामाथि प्रश्न गरेका थिए । यसअघि ओली सरकारले निर्णय गर्दा नेता थापाले विरोध गरेका थिए ।

    नेता थापाले कांग्रेसकै सरकार भएपनि गलतलाई गलत भन्ने उदाहरण प्रस्तुत गरेका छन् । यसअघि बालुवाटारमा पार्टीका बैठक गर्दा समेत नेता थापाले विरोध गरेका छन् । त्यसपछि सभापति देउवाले बालुवाटारमा बैठक नगर्ने निर्णय गरिसकेका छन् ।

    अब नेता थापाले विदेशमा गएर गरेको उपचार खर्च सरकारी कोषबाट व्यहोर्न नहुने स्पष्ट अडान राखेका छन् । बुधबार नेता थापाले ट्विटरमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईंको भनाई उदृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ ।’

    यस्तो छ नेता थापाको लामो जवाफ – 

    ga.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend