काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउने सम्भावनाबारे चर्चा भएको छ ।
राष्ट्रपति भण्डारीलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरूको दुईतिहाइ मतले बर्खास्त गर्न प्रतिनिधि सभामा १८० जना सांसद भएमा सम्भव रहेको छ ।
विश्वासको मतमा मतदान नगरेका माधव समूहका ८ सांसद जोड्दा अहिले शेरबहादुर देउवासँग १७३ जनाको समर्थन रहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका बाँकी ७ जना सांसदलाई मन्त्री बनाइदिएपछि राष्ट्रपति हटाउन मुस्किल नपर्ने महेश बस्नेतको भनाइ रहेको थियो प्रतिनिधिसभा पुनःस्थापना भएकै रात राष्ट्रपतिद्वारा भलाकुसारी गरिएका ३ पात्रमा केपी शर्मा ओली, ईश्वर पोखरेल र यिनै महेश बस्नेत रहेका थिए । आजको जनआस्था साप्ताहिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।