सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

यसरी हुनसक्छ देउवा सरकारमा मन्त्री बाँडफाँड, कसलाई कति मन्त्रालय ?

यसरी हुनसक्छ देउवा सरकारमा मन्त्री बाँडफाँड, कसलाई कति मन्त्रालय ?

  • मिडिया डबली
  • बुधवार, श्रावण ६ २०७८

  • 4.9K
    SHARES

  • यसरी हुनसक्छ देउवा सरकारमा मन्त्री बाँडफाँड, कसलाई कति मन्त्रालय ?

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको ८ दिन पूरा भएको छ ।

    यसबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत समेत लिइसकेका छन् ।

    शपथ लिएकै दिन नियुक्त गरिएका ४ मन्त्रीकै भरमा प्रधानमन्त्रीले सरकार चलाइरहँदा अब मन्त्रिमण्डल विस्तार कहिले भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेताहरुबीच सामान्य छलफल भएको भएपनि ठोस कुरा नभइसकेको बताए ।

    ‘प्रधानमन्त्रीले भर्खरै विश्वासको मत लिनुभयो, प्रचण्ड र प्रधानमन्त्रीज्यूबीच मंगलवार मात्रै पनि वान टु वान वार्ता भएको छ । तर मन्त्रिमण्डल विस्तारबारे अहिले नै ठोस कुरा भइसकेको छैन,’ उनले भने ।

    हाल नेपाली कांग्रेस र माओवादी केन्द्रबाट सरकारमा २/२ जना मन्त्री रहेका छन् । प्रधानमन्त्रीसहित अहिले क्याबिनेट ५ सदस्यीय छ । संविधानतः प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाइने व्यवस्था छ ।

    सत्तारुढ दलबीच आन्तरिक रुपमा भित्रभित्रै मन्त्रिमण्डल विस्तारबारे तयारी पनि भइरहेको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने पक्का छ । प्रधानमन्त्रीले बिहीवारसम्म मन्त्रिमण्डल विस्तार गर्ने संकेत निकटहरुलाई दिएका छन् ।

    नेकपा एमालेको माधव नेपाल समूहलाई समेत सरकारमा ल्याउन सत्तारुढ दलहरुले प्रयत्न गर्दै आइरहेका छन् । सो प्रयासमा प्रधानमन्त्री देउवा आफैं लागेका छन् भने माओवादी अध्यक्ष प्रचण्ड समेत लागिपरेका छन् ।

    एमालेको माधव पक्षलाई सरकारमा ल्याउने गरी सत्तारुढ दलबीच भागबण्डाको तयारी भइरहेको कांग्रेस नेताहरु बताउँछन् । 

    जसपाको निर्वाचन आयोगमा रहेको आधिकारिकताको विवादका कारण समेत मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको बताउँदै आएको छ ।

    मन्त्रीका लागि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई आकांक्षीहरुले ‘लबिङ’ तीब्र पारिरहेका छन् । देउवासँग कांग्रेस भित्रैको रामचन्द्र पौडेल पक्षले समेत उपप्रधान सहितको मन्त्रालयमा दाबी गर्दै आएको छ ।

    स्रोतका अनुसार मन्त्रालय भागबण्डामा कांग्रेसले ७ मन्त्रालय आफूसँगै राख्न चाहेको छ । माओवादी केन्द्र र जसपाको उपेन्द्र पक्षलाई ६/६ मन्त्रालयमा संवाद भइरहेको छ । 

    नेकपा एमालेको नेपाल पक्षलाई ५ वा ६ मन्त्रालय दिने विषयमा शीर्ष तहमा आन्तरिक छलफल भइरहेको छ । तर अन्य दलहरु पनि सरकारमा सहभागी हुनसक्ने भन्दै संख्याको टुंगो लाग्न नसकेको नेताहरुले बताएका छन् ।

    कांग्रेसले अब आफूले लिएकाबाहेक अब ४ मन्त्रालय पाउने सम्भावना छ । जसमा आफ्ना गुटकासँगै पौडेल पक्ष र नेता कृष्णप्रसाद सिटौलालाई मिलाउनुपर्ने बाध्यतामा प्रधानमन्त्री देउवा रहेका छन् ।

    कांग्रेसको संस्थापन पक्षबाट डा. नारायण खड्का, डा. डिला संग्रौला, मीन विश्वकर्मा, देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, भरत शाह आकांक्षी देखिएका छन् । यीमध्ये संग्रौला, खड्का र विश्वकर्माको सम्भावना बढी रहेको छ । विश्वकर्मा मन्त्री नभए देउवाले विश्वकर्मालाई कांग्रेस संसदीय दलको प्रमुख सचेतक बनाउन सक्ने देखिएको छ ।

    संस्थापनइतर पक्षले महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये १ जनालाई उपप्रधानमन्त्रीसहित मन्त्रिमण्डलमा सिफारिस गर्ने निर्णय गरिसकेको छ । यीमध्ये सुजाताको सम्भावना बढी छ । उनी परराष्ट्रमन्त्रीसँगै उपप्रधानमन्त्री हुने सम्भावना छ ।

    पौडेल पक्षबाट डा. मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू समेत मन्त्रीका लागि चर्चामा रहेको छन् ।

    सिटौला पक्षबाट सांसदहरु गगनकुमार थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरीको नाम चर्चामा रहेको छ । सिटौलाले प्रधान र चौधरीमध्ये १ सांसदलाई मन्त्री बनाउन चाहेका छन् तर उनले कुनै निर्णय गरिसकेका छैनन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend