काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि एमालेमा विद्रोह उठेको छ ।
अछाम जिल्लामा एमाले परित्याग गरी आधा दर्जन नेताकार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति अछाममा कार्यक्रम गरेर चौरपाटी गाउँपालिका–५ लुंग्रा निवासी नेकपा एमालेका जिल्ला कमिटी सदस्य नरबहादुर खड्का, चौरपाटी गाउँपालिका गाउँ कमिटी सदस्य किसन खड्का, चेतबहादुर खड्का, पदमबहादुर खड्का लगायत नेताकार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशी नेताहरूलाई नेपाली कांग्रेस अछामका पार्टी सभापति भरतकुमार स्वारले कांग्रेसमा स्वागत गरेका छन् ।
नेकपा एमालेका जिल्ला स्तरका नेता कांग्रेस प्रवेश भएपछि नेकपा एमाले पार्टीलाई जिल्लामा ठूलो नोक्सानी भएको छ ।
प्रवेश कार्यक्रममा पूर्व सभापति पुष्पबहादुर शाह, मेघराज खड्का, पूर्व राजदूत बलबहादुर कुँवर, पार्टी उपसभापति नयाँराम बजगाई, सचिव नमबहादुर शाही, महासमिति सदस्य बलबहादुर कुँवर, महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी, तुर्माखाद गाउँपालिका अध्यक्ष तथा कांग्रेसका युवा नेता पुष्पराज शर्मा लगायतको उपस्थित रहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।