आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली गुटमा भीम रावलको प्रवेशसँगै ईश्वर पोखरेललाई भाउन्न !

ओली गुटमा भीम रावलको प्रवेशसँगै ईश्वर पोखरेललाई भाउन्न !

  • मिडिया डबली
  • मंगलवार, श्रावण ५ २०७८

  • 12.1K
    SHARES

  • ओली गुटमा भीम रावलको प्रवेशसँगै ईश्वर पोखरेललाई भाउन्न !

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा विश्वासको मत दिने घटनाले एमाले विभाजनको डिलमै पुगेको छ । आजको केन्द्रीय कमिटी बैठकले सम्भवतः माधवकुमार नेपालसहित २२ सांसदलाई पार्टीबाट निष्कासन गर्नेछ ।

    एमालेमा पछिल्लो समय समीकरणमा पनि व्यापक फेरबदल भएको छ । माधव नेपाललाई साथ दिँदै आएका एक से एक नेताले उनको साथ छाडेका छन् । अन्तिम समयमा आएर उनलाई धोका दिएका छन् । तर नेपाल डगमगाएका छैनन् ।

    यदि पार्टीबाट निकालेमा नेपालले अर्को पार्टी गठन गर्ने तयारी पनि गरेका छन् । यसका लागि उनले गृहकार्य पनि थालेका छन् ।

    नेपाल पक्षका सबैभन्दा भेटरान नेता भीम रावलले उनको साथ छाडेर ओली क्याम्पमा प्रवेश गरेका छन् । रावलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुभन्दा सांसदबाटै राजीनामा दिएका छन् । भलै उनको सांसद पद कायमै छ ।

    तर, ओली गुटमा रावलको प्रवेशसँग ठूलो संशय मच्चिएको छ । ओलीले रावललाई कार्यबाहक अध्यक्ष दिने सर्तमा आफ्नो गुटमा प्रवेश गराएको आकलन गरिएको छ । अहिले ओली रावलको प्रशंसामा लागेका छन् ।

    ओलीले मंगलबार बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष भीम रावलको भने प्रशंसा गरेका थिए । अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएका एमाले उपाध्यक्ष रावलले देउवालाई विश्वासको मत नहालौं पार्टी एकताबद्ध बनाउनभन्दा नेता नेपालले म विधि निर्णय मान्दिनँ एक्लै भए पनि भोट हाल्छु भनेर हप्काएर पठाएको ओलीको भनाइ छ ।

    ओलीले रावललाई आग्रह गर्दै भने, ‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनू ।’ 

    रावल ओली गुटमा लागेपछि तनावमा ईश्वर पोखरेल परेका छन् । पोखरेलले ओलीपछि आफू नै नेता भएको बताउँदै आएका थिए । ओली गुटमा विष्णु पौडेल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ नेतृत्वका दाबेदार थिए । रावलको प्रवेशसँगै सबैको आसामा धक्का लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend