आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओली जेठ २ गतेमा फर्किए तर माधव नेपाल एमालेमा फर्किएनन् !

केपी ओली जेठ २ गतेमा फर्किए तर माधव नेपाल एमालेमा फर्किएनन् !

  • मिडिया डबली
  • मंगलवार, श्रावण ५ २०७८

  • 5.1K
    SHARES

  • केपी ओली जेठ २ गतेमा फर्किए तर माधव नेपाल एमालेमा फर्किएनन् !

    काठमाडौं – नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको छ । यसकै सन्देश दिन सोमवार सुरू केन्द्रीय कमिटी बैठकलाई १०औं बैठक भनिएको छ ।

    नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका ९ वटा बैठक माओवादी केन्द्रसँगको एकताअघि २०७५ जेठ ३ गतेसम्ममा बसेका थिए तर नेकपा एकता बदर भई गत फागुन २३ गते साविक पार्टीहरु ब्युँतिएपछि बसेका एमालेका ४ बैठकलाई विशेष बैठकमा परिणत गरिएको छ ।

    प्रवक्ता प्रदीपकुमार ज्ञवालीले असार २७ गते गरिएको १० बुँदे सहमतिका आधारमै बैठकलाई १० औं भनिएको बताएका छन् । प्रवक्ता ज्ञवालीका अनुसार २०७५ जेठ २ गतेपछिको निरन्तर सिलसिलाका रुपमा अहिलेको बैठकलाई लिइएको छ ।

    ‘नवौं बैठक २०७५ जेठ २ र ३ गते बसेको थियो । यो बैठकलाई दशौं बैठक नामकरण गरेका छौं,’ प्रवक्ता ज्ञवालीले भने, ‘१० बुँदे सहमति कार्यान्वयन सुरू भइसकेको छ । १० बुँदे प्रस्तावलाई यो बैठकले अनुमोदन गरेको छ । कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।’

    बैठकले कार्यदलमा भएको १० बुँदे एकताको प्रस्तावलाई ग्रहण गर्दै अनुमोदन गरेको हो । स्थायी कमिटीको शनिवार बसेको बैठकले पनि १० बुँदे प्रस्ताव अनुमोदन गरेको थियो ।

    जेठ २ गतेपछिको बैठक भनिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य भने उपस्थित थिएनन् ।

    केन्द्रीय सदस्य शेरबहादुर तामाङले पार्टीको विवाद समाधान गर्न बनेको कार्यदलको १० बुँदे प्रस्तावको भावनालाई दृष्टिगत गरी यो बैठकलाई १० औं बैठक भनिएको स्पष्ट पारेका छन् । ‘पार्टी मिल्नु (एमाले र माओवादीको एकीकरण) अघि नवौं बैठक भएको थियो । त्यसपछिको बैठक हो,’ नेता तामाङले भने, ‘१० बुँदे प्रस्तावको भावनाअनुसार यसलाई दशौं बैठक भनिएको हो ।’ 

    तामाङले गत फागुन २३ गतेपछि भएका केन्द्रीय कमिटीका भनिएका बैठकलाई विशेष बैठकमा परिणत गरिएको बताए । ‘यसबीच भएका बैठक विशेष बैठकमा परिणत भए,’ तामाङले भने । 

    फागुन २८ गतेदेखिका बैठक विशेष बैठकमा परिणत गरी ती बैठकका निर्णयलाई मान्यता प्रदान गरिएको उनले जानकारी दिए ।

    एमालेको संस्थापन पक्षले फागुन २८ गते केन्द्रीय कमिटी भंग गर्दै दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । तर दोस्रो तहका नेताको दबाब र सर्वोच्च अदालतको आदेशपछि असार १६ गते महाधिवेशन आयोजक कमिटी भंग गरेको थियो ।

    निष्क्रिय रहेको कार्यदल अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच असार २० गते भेट भएपछि ब्युँतिएको थियो । त्यसपछि लगातारको प्रयासले असार २७ गते कार्यदलमा १० बुँदे सहमति भएको थियो । तर त्यो सहमतिप्रति नेता नेपालले असहमति राख्दै आएका छन् ।   

    केन्द्रीय कार्यालयका सचिव समेत रहेका तामाङले १० बुँदे प्रस्ताव कार्यान्वयनमा जाने बताएका छन् । सहमति कार्यान्वयनमा जाँदा २०७५ जेठ २ गतेमा विद्यमान पार्टीको संरचना पुनःस्थापित भएको उनले बताए । २०७५ जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरु मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने र २०७७ फागुन २३ गतेपछिका दुबै तर्फका राजनीतिक र संगठनात्मक कामकारबाही स्वतः बदर भएको १० बुँदे सहमतिमा उल्लेख गरिएको छ । 

    अब जनवर्गीय संगठन तथा मातहतका कमिटी पनि पुरानै संरचना फर्किनेछन् । ‘अब पार्टीको संरचना जेठ २ गतेको हुनेछ,’ तामाङले भने, ‘जो आउँछ उसले त्यही जिम्मेवारी पाउँछ । जो आउँदैन र एमालेमा बस्दिनँ भन्छ भने उसका लागि बाटो खुला छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend