आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावलको राजीनामा स्वीकृत भएन ! सांसद पद कायमै रहनसक्ने, यस्तो छ फिर्ताको प्रक्रिया

भीम रावलको राजीनामा स्वीकृत भएन ! सांसद पद कायमै रहनसक्ने, यस्तो छ फिर्ताको प्रक्रिया

  • मिडिया डबली
  • सोमवार, श्रावण ४ २०७८

  • 6.1K
    SHARES

  • भीम रावलको राजीनामा स्वीकृत भएन ! सांसद पद कायमै रहनसक्ने, यस्तो छ फिर्ताको प्रक्रिया

    काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा सांसद भीमबहादुर रावलले हिजो आईतवार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएपनि अझै स्वीकृत भएको छैन ।

    एमालेभित्र विवाद चर्किएकाले तीब्र असन्तुष्टि व्यक्त गर्दै नेता रावलले राजीनामा दिएको जानकारी दिए । उनले सञ्चारकर्मीलाई भने, ‘शीर्ष नेतृत्व तहमा देखिएको घृणित र अनैतिक कृत्यको साक्षी बस्नुभन्दा यस्ता अनैतिक क्रियाकलापबाट बाहिरिनु नै श्रेयष्कर हुन्छ ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओलीले विपक्षमा मतदान गर्ने र नेता माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने तयारी गरिरहेका बेला नेता रावलले राजीनामा दिएका थिए । नेता नेपाल पक्षबाट पार्टी विवाद समाधान कार्यदलका सदस्य रहेका रावलले १० बुँदे सहमति कार्यान्वयन र संस्थागत निर्णयको अपेक्षा गरेका थिए । तर त्यसमा नेता नेपाल सहमत नभएपछि उनले राजीनामा दिएका स्रोतले जनाएको छ ।

    नेता रावलले राजीनामा पत्रमा लेखेका छन्, ‘नेताहरुमा पद लिप्सा र निजी स्वार्थपूर्तिका निम्ति स्वेच्छाचारी चरित्र देखियो, यो कुनै पनि स्वाभिमानी नागरिक वा नेताले सहन सक्दैन ।’

    रावलले चर्काे आक्रोश पोखेर राजीनामा दिएपनि हालसम्म स्वीकृत हुन सकेको छैन । उनको राजीनामा सभामुख अग्निप्रसा सापकोटाको सचिवालयमा अड्किएको छ ।

    प्रतिनिधि सभाको नियमावलीको नियम २८१ मा उल्लेख छ, ‘सभामुखले सदनको अधिवेशनमा सदस्यको राजीनामा पत्र पढेर नसुनाएसम्म राजीनामा स्वीकृत भएको मानिने छैन । संविधानको धारा ८९ बमोजिम कुनै सदस्यको पद रिक्त भएमा सभामुखले त्यसको जानकारी बैठकलाई दिनेछ ।’ यसरी सांसद रावलको राजीनामा सदनमा सुनुवाइको छैन, तसर्थ स्वीकृत भएको छैन ।

    सभामुखले बैठकसमक्ष जानकारी दिएपछि सदनको बैठक चलिरहेको अवस्थामा त्यसबारे सूचना प्रकाशित गर्नुपर्ने नियम समेत रहेको छ । सदनमा सूचना प्रकाशित भएपछि संसद सचिवालयको सचिवले मन्त्रिपरिषद्मा जानकारी गराउनुपर्ने र सरकारले निर्वाचन आयोगलाई जानकारी दिने प्रावधान छ । त्यो सूचना नेपाल राजपत्रमा प्रकाशित भएपछि राजीनामा कार्यान्वयनमा आउने व्यवस्था छ ।

    संसद सचिवालयका सचिव गोपालनाथ योगीले लिखित रुपमा राजीनामा आएपछि स्वीकृत हुनुपर्ने भए पनि संसदको परम्पराका कारण प्रक्रियाको पालना गर्नुपर्ने भएको बताएका छन् । ‘राजीनामा दिएको व्यक्तिलाई साक्षी राखेर मुचुल्का उठाउँदै त्यसलाई स्वीकृत गर्ने परम्परा अनुसार संसदमा प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

    राजीनामा दिएका सांसद रावलले पत्र सनाखत गर्नुपर्ने भए पनि प्रक्रिया प्रारम्भ भइसकेको छैन । राजीनामा सनाखतका लागि रावललाई सभामुख सापकोटाले कुरिरहेको संसद सचिवालयले जनाएको छ । सांसद रावलले सभामुख सापकोटासामु गएर स्वयं सनाखत नगरे राजीनामा स्वीकृत गर्ने प्रक्रिया रोकिने छ । राजीनामा सभामुखसामु रोखिएको बेला राजीनामा फिर्ताको विषय समेत चर्चामा आएको छ ।

    आज सोमवार बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपालले गद्दारी गर्दा रावलले सांसदबाट राजीनामा दिनुपरेको टिप्पणी गर्दै सम्भव भए फिर्ता गर्नुपर्ने सुझाव दिएका छन् ।

    पार्टी केन्द्रीय कमिटी बैठकले सांसद रावललाई राजीनामा फिर्ता लिन समेत आग्रह गरेको छ । पार्टीको आग्रहलाई मान्दै सांसद रावलले सभामुखसामु सनाखत नगरेर राजीनामा फिर्ता गर्नसक्ने सम्भावना रहेको छ । तर रावलले पार्टी निर्णय मान्छन् कि मान्दैनन्, हेर्न बाँकी छ । पार्टी निर्णय मानेर सांसद रावलले सभामुखबाट राजीनामा फिर्ता गराए उनको सांसद पद कायमै रहने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend