काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधि सभामा विश्वासको मत दिएका एमालेका २२ सांसदलाई स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षका नेताहरू छलफलमा जुटेका छन् ।
अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएर नेपाल पक्षले छुट्टै छलफल गरिरहेको छ ।
नेपाल पक्षको बैठक डल्लुमा चलिरहेको स्रोतले जनाएको छ । बैठकमा पार्टीले सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।
आइतबार प्रतिनिधि सभामा माधव नेपालसहित २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका हुन् ।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदलाई अध्यक्ष ओलीले केन्द्रीय कमिटीबाट २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।
यसअघि नेपाल पक्षकै सांसदका आधारमा सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।