काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान गर्ने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता प्रदीप ज्ञवालीले एमालेका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी दिए ।
स्पष्टीकरणमा आएको जवाफका आधारमा आगामी निर्णय गरिने उनले बताए । एमाले बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।
एमाले बैठक भोलि मंगलबार फेरि बस्ने गरी स्थगित भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।