आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल संसद बैठकमा अनुपस्थित, एमालेका सबै सांसद प्रतिपक्षी बेन्चमा !

माधव नेपाल संसद बैठकमा अनुपस्थित, एमालेका सबै सांसद प्रतिपक्षी बेन्चमा !

  • मिडिया डबली
  • आइतवार, श्रावण ३ २०७८

  • 8.1K
    SHARES

  • माधव नेपाल संसद बैठकमा अनुपस्थित, एमालेका सबै सांसद प्रतिपक्षी बेन्चमा !

    काठमाडौं – पुनःस्थापित प्रतिनिधिसभा पहिलो बैठकमा नेकपा एमालेका नेता माधवकुमार नेपाल अनुपस्थित भएका छन् ।

    नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रतिबद्धता जनाएका नेता नेपाल संसद बैठकमा अनुपस्थित भएका छन् ।

    पहिलो बैठकमा राष्ट्रपति कार्यालयका पत्र पढेर सुनाउने, अध्यादेश पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने काम भइरहेका छन् ।

    बैठकमा एमालेका सबै सांसद प्रतिपक्षी बेन्चमै बसेका छन् ।

    प्रधानमन्त्री देउवाले विश्वासको मत लिन दोस्रो बैठक बोलाइने भएकाले त्यतिबेला नेता नेपाल उपस्थित हुन्छन् कि हेर्न बाँकी छ ।

    संसद बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रतिनिधि सभाको प्रतिपक्षी सांसदको लहरमा बसेको छ भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष सत्तापक्षमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै बसेको छ ।

    जसपा नेपालका ३२ सांसदमध्ये १७ सांसद संसदीय दलको बैठकबाट यादवको पक्षमा लागेका छन् ।

    प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली समेत पहिलो बैठकमा अनुपस्थित छन् । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी एक मात्र सांसद दुर्गा पौडेल समेत प्रतिपक्षी बेन्चमै बसेकी छन् ।

    प्रधानमन्त्री देउवाले विश्वासको मत लिने दिनको बैठकलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend