काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।
संसद पुनःस्थापनापछि बस्न लागेको पहिलो बैठकअघि सांसद रावलले राजीनामा दिएका हुन् । रावलले संसद् सचिवालयसमक्ष राजीनामा बुझाएका छन् ।
नेकपा एमालेमा देखिएको विवादका कारण रावलले राजीनामा दिएका छन् ।
‘म अब राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहन्छु,’ रावलले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने कि नदिने भनेर एमालेमा विवाद छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।