काठमाडौं - कम्युनिस्ट पार्टीका नेताहरू बडो विचित्रका छन् । आफूले भनेको खुरुखुरु माने दास जस्तै व्यवहार गर्ने, विरोध गरे त्यसलाई गद्दार करार गर्ने ।
अहिले एमालेमा यस्तै नौटंकी चलिरहेको छ । खासगरी एमाले अध्यक्ष केपी ओलीको बोलीको ठेगान नै छैन । आज भरमार गाली गर्छन्, भोलि त्यही नेताको सहयोग खोज्छन् ।
प्रधानमन्त्रीबाट पदच्यूत भएर बालुवाटारबाट बालकोट पुगेकै दिन बार्दलीबाट ओलीले माधव नेपाल लाजसरम नभएको नेता भन्दै गद्दार भएको घोषणा गरे । त्यस्ता नेता एमालेलाई नचाहिने बताए ।
तर, आज तिनै माधव ओलीलाई चाहिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन नसकून् भन्दै ओलीले माधव नेपाल पक्षका सांसदलाई कारबाहीको चेतावनी दिएका हुन् । ओलीले माधव नेपाललाई पहिले पनि कारबाही गरेकै हो ।
सर्वोच्च अदालतले ओलीका एकलौटी निर्णय अवैध नभनेको भए नेता नेपालमाथि कारबाही कायमै हुन्थ्यो । तर, अहिले ओलीले स्थायी कमिटी बैठकबाट देउवालाई विश्वासको मत दिने एमाले हुनै सक्दैनन् भन्दै पार्टी विभाजनको श्रीगणेश गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।