आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीको अध्यक्षतामा एमाले बैठक सकियो, माधव नेपाल पक्षबारे यस्तो निर्णय

ओलीको अध्यक्षतामा एमाले बैठक सकियो, माधव नेपाल पक्षबारे यस्तो निर्णय

  • मिडिया डबली
  • आइतवार, श्रावण ३ २०७८

  • 5.2K
    SHARES

  • ओलीको अध्यक्षतामा एमाले बैठक सकियो, माधव नेपाल पक्षबारे यस्तो निर्णय
    फाइल तस्वीर

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठक सकिएको छ ।

    स्थायी कमिटी बैठकले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू एमाले पार्टीमा नरहने निर्णय गरेको छ ।

    एमालेले प्रधानमन्त्री देउवालाई जस्तोसुकै परिस्थितिमा समेत समर्थन नगर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ‘उहाँ (माधव नेपाल) अब पार्टीमा फर्किनुहुन्न भन्ने हामीलाई लागेको छ,’ प्रवक्ता ज्ञवालीले भने ।

    एमालेको माधव नेपाल पक्षका सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् ।

    यसअघि, सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ ।

    सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतबारे छलफल गर्दै माओवादी केन्द्रले देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद रामेश्वरराय यादवले बताए ।

    ‘बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ,’ उनले भने ।

    दलको बैठकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिएका थिए ।

    गत असार २९ गतेबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका कांग्रेस सभापति शेरबहादुर देउवाले आईतवार बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

    फागुन २८ गतेको सर्वोच्च अदालतको फैसलापछि संसदको पहिलो बैठक आईतवार अपराह्न ४ बजे बस्दैछ । पहिलो बैठक बसेर स्थगित भएको केहीबेरमा दोस्रो बैठक बसेर विश्वासको मतबारे छलफल हुनेछ । आज आईतबारै विश्वासको मतमाथि मतदान हुने तय भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend