आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्रीको ट्विटरमा गडबडी भएपछि सुर्य थापाले अर्कैलाई लगाए दोष ! ‘हामी जवाफदेही छैनौं’

प्रधानमन्त्रीको ट्विटरमा गडबडी भएपछि सुर्य थापाले अर्कैलाई लगाए दोष ! ‘हामी जवाफदेही छैनौं’

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १ २०७८

  • 6.8K
    SHARES

  • प्रधानमन्त्रीको ट्विटरमा गडबडी भएपछि सुर्य थापाले अर्कैलाई लगाए दोष ! ‘हामी जवाफदेही छैनौं’

    काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली हट्ने बित्तिकै प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलमा गडबडी भएपछि धेरैले उनकै सचिवालयमाथि शंका गरेका थिए । तर ओलीका प्रेस सल्लाहकार सुर्य थापाले ट्विटरमा गडबडी हुनुमा आफ्नो कुनै दोष नभएको स्पष्ट पारेका छन् ।

    सल्लाहकार थापाले ट्विटरको पासवर्ड मुख्यसचिव शंकरदास बैरागीलाई हस्तान्तरण गरिएकाले आफू जानकार र जवाफदेही नरहेको दाबी समेत गरे ।

    सल्लाहकार थापाले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डलको पासवर्ड असार २९ गते नै मुख्यसचिव शंकरदास बैरागीलाई हस्तान्तरण गरिएको थियो । प्रधानमन्त्री कार्यालय वा नयाँ प्रधानमन्त्रीको सचिवालयबाट त्यसको प्रयोगका सम्बन्धमा के कसो भए गरेको हो ? त्यस पक्षमा हामी जानकार तथा जवाफदेही दुवै छैनौं । प्रधानमन्त्रीको आधिकारिक ह्यान्डल राष्ट्रिय सम्पत्ति हो, यसको संरक्षण र निरन्तरता हुनुपर्नेमा हामी स्पष्ट छौं ।’

    शुक्रबार दिउँसो प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्वान्डलबाट भेरिफाइड चिह्न हटेको छ भने फलोअर्स पनि हटेका छन् । प्रधानमन्त्री कार्यालयले यसबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

    नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै निजी ट्विटर ह्यान्डलबाट सूचना र जानकारी प्रवाह गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend