आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीको अध्यक्षतामा एमाले बैठक सकियो, कार्यदल विघटन गर्दै यी ४ निर्णय पारित

ओलीको अध्यक्षतामा एमाले बैठक सकियो, कार्यदल विघटन गर्दै यी ४ निर्णय पारित

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १ २०७८

  • 11.5K
    SHARES

  • ओलीको अध्यक्षतामा एमाले बैठक सकियो, कार्यदल विघटन गर्दै यी ४ निर्णय पारित
    फाइल तस्वीर

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठकले विवाद समाधानका लागि गठित कार्यदलका सदस्यहरूले तयार पारेको सहमतिको १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

    बैठकले सहमति अनुमोदन गर्दै कार्यान्वन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    प्रवक्ता ज्ञवालीले भने, ‘सहमति कार्यान्वन गर्ने प्रस्तावलाई अनुमोदन र कार्यान्वयन गर्ने निर्णय भएको छ ।’ बैठकले कार्यदलको सुझावलाई पारित गर्दै कार्यदल नै विघटन गर्ने निर्णय समेत गरेको छ ।

    शुक्रबार च्यासलस्थिति तुलसीलाल प्रतिष्ठनमा बसेको बैठकले महत्त्वपूर्ण ४ निर्णय गरेको ज्ञवालीले बताएका छन् ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै परमादेशबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने निर्णय अनुचित भएको एमाले बैठकले ठहर गरेको छ । प्रवक्ता ज्ञवालीले अदालतको फैसलाले अदालतमाथिको विश्वसनीयतामा प्रश्न उठेको बताएका छन् ।

    प्रवक्ता ज्ञवालीले भने, ‘प्रतिनिधि सभाको पुनःस्थापनाको फैसला र एमालेको सरकारलाई परमादेशबाट हटाउने फैसलालले अदालतमाथिको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।’

    राजनीतिक विषयमा अदालतले अधिकतम संवेदनशिलता अपनाउनुको सट्टा दाबी नै नगरिएका विषयमा पनि फैसला गरेकाले फैसला अनुचित भएको ज्ञवालीको भनाइ रहेको छ । जेसुकै भएपनि फैसला कार्यान्वयन गरेर ओली सरकारबाट बाहिरिएको ज्ञवालीले बताएका छन् ।

    बैठकमा ओली सरकारको कार्यकाल सफल भएकोमा धन्यवाद ज्ञापन समेत गरिएको छ ।

    बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र रचनात्मक प्रतिपक्षको भूमिका निभाउने निर्णय समेत गरेको छ । अस्वस्थ ढंगले बनेको सरकारलाई पार्टीको सहयोग नरहने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बैठकलाई रोकेर पुनः संवादमार्फत् समस्या समाधान गर्नुपर्ने आग्रह गरे पनि ओलीले बैठक रोक्न अस्वीकार गर्दै अगाडि बढेका छन् ।

    नेपाल पक्षका नेताहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य लगायतका नेताहरू शुक्रबारको बैठकमा पुगेका थिए । तर बैठक रोक्न आग्रह गरेका थिए । नेताहरूको आग्रहलाई ओलीले अस्वीकार गरेको रावलले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend