आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीकै बाटोमा हिँडे शंकर पोखरेल, बजेट अलपत्र पार्दै मध्यराति यस्तो निर्णय

केपी ओलीकै बाटोमा हिँडे शंकर पोखरेल, बजेट अलपत्र पार्दै मध्यराति यस्तो निर्णय

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १ २०७८

  • 6.0K
    SHARES

  • केपी ओलीकै बाटोमा हिँडे शंकर पोखरेल, बजेट अलपत्र पार्दै मध्यराति यस्तो निर्णय

    काठमाडौं – केन्द्रीय राजनीतिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कदम बदनाम र असंवैधानिक भइसकेको अवस्थामा उनकै गुटका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओलीकै बाटोमा हिँडेका छन् ।

    मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन मध्यरातमा अन्त्य गराएका छन् । बिहीबारको बैठकमा बजेटलाई निर्णयार्थ पेश हुन नदिएर मुख्यमन्त्री पोखरेलले मध्यराति अधिवेशन नै अन्त्य गरेका हुन् ।

    प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले बिहीबार मध्यराति १२ बजेदेखि प्रदेश सभाको चालू आठौं अधिवेशन अन्त्य गरेका छन् ।

    लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवि पौडेलले नेपालको संविधानको धारा १८३(२) बमोजिम बिहीवार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको विज्ञप्तिमार्फत् जनाएका छन् ।

    यसअघि बिहीवार आर्थिक वर्ष २०७८/०७९ को बजेट विधेयक पारित गर्न निर्णायार्थ पेश गर्नुअघि सत्तापक्षका सांसदहरु सदन छाडेर हिँडेपछि बैठक प्रभावित भएको थियो ।

    बजेटमाथि प्रदेशसभा सदस्यहरुले राखेका प्रश्नको विभागीय मन्त्री र मुख्यमन्त्रीले जवाफ दिएपछि बजेट  पास गर्ने समयमा विपक्षी दलका सांसदहरुले बहुमत नभएकाले बजेट पास नहुने बताएका थिए । बजेटमाथि छलफल गरेर सहमति जुटाउन एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समय माग गरेपनि सभामुखले समय उपलब्ध नगराएपछि एमालेका सांसदहरु प्रदेशसभा बैठकबाट बाहिरिएका बताइएको थियो ।

    बिहीबार बैठक बस्न नसकेपछि प्रदेशसभा सचिवालयले प्रदेशसभा बैठक आज शुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको थियो । तर मध्यराति नै अधिवेशन अन्त्य गरिएपछि अब बैठक नबस्ने भएको छ ।

    विपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कूलप्रसाद केसीले अल्पमतमा रहेको सरकारले सदन फेस गर्नुको सट्टा षड्यन्त्रको खेलमा लागेको बताएका छन् । 

    हाल ८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जनता समाजवादी दलको महन्थ ठाकुर पक्षका ३ जना गरी ४१ जना सांसद पोखरेलको पक्षमा रहेका छन् ।

    विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १७, जसपा उपेन्द्र यादव पक्षका ३ जना, राष्ट्रिय जनमोर्चाका १ र एमालेबाट निर्वाचित बिमला वली गरी ४१ जना सांसद नै रहेका छन् ।

    प्रदेश सभामा मत बराबर भएमा सभामुखले निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्था रहेकाले उनको मत पाउँदा विपक्षी गठबन्धनको मत ४२ पुग्ने देखिएको छ । यस्तो अवस्था देखेपछि मुख्यमन्त्री पोखरेलले संसद अधिवेशन नै अन्त्य गरेर निरंकुश बन्न खोजेको विपक्षीको आरोप छ ।

    lp.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend