आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विद्यादेवी भण्डारी राष्ट्रपतिभन्दा पनि एमाले उपाध्यक्ष बढी, जनस्तरबाटै उठ्यो हटाउनुपर्ने आवाज

विद्यादेवी भण्डारी राष्ट्रपतिभन्दा पनि एमाले उपाध्यक्ष बढी, जनस्तरबाटै उठ्यो हटाउनुपर्ने आवाज

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३१ २०७८

  • 7.7K
    SHARES

  • विद्यादेवी भण्डारी राष्ट्रपतिभन्दा पनि एमाले उपाध्यक्ष बढी, जनस्तरबाटै उठ्यो हटाउनुपर्ने आवाज

    काठमाडौं - एमाले अध्यक्ष केपी ओलीको बहिर्गमनसँगै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनुपर्ने आवाज जोडतोडले उठेको छ । राष्ट्रपतिको पदीय मर्यादा कायम राख्न नसकेको भन्दै जनस्तरबाटै भण्डारीमाथि महाअभियोग लगाउनुपर्ने आवाज उठेको हो ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त मंगलबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भण्डारीले राष्ट्रपति पदबाट राजीनामा दिए उचित हुने बताइसकेका छन् । ओलीबाहेक अरुलाई प्रधानमन्त्रीमा देख्नै नचाहने भण्डारी प्रवृत्ति अझै पनि एमाले उपाध्यक्षकै जस्तो देखिएको धेरैले टिप्पणी गरेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाईसमेत नदिई हिँडेकी भण्डारीले राष्ट्रपति पदको साख खरानी बनाएकी छन् । देउवाको सपथ कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी ओली उपस्थित भएनन् । उनमा अझै दम्भ र अहंकार चुलीमै देखिएको छ ।

    ओलीकै सिको गरेर भण्डारीले पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिने सामान्य शिष्टाचार पनि नदेखाएकाले उनलाई राष्ट्रपतिको पदबाट चाँडाभन्दा चाँडो बिदा गर्नुपर्ने आवाज उठेको हो ।

    असंवैधानिक कदमका कारण ओलीले सरकारबाट बाहिरिनुपर्‍यो । तर ओलीका प्रायः विवादित कदममा साथ दिएकी भण्डारी भने पदमा बहाल नै छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई दुई–दुईपटक असंवैधानिक ठहर गर्दा राष्ट्रपतिलाई पनि दण्डको भागीदार बनाइनुपर्ने आवाज उठेको हो । राजनीतिक विश्लेषकहरूले नैतिकताका आधारमा पनि भण्डारीले राष्ट्रपति पदबाट राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend