आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली पक्षीय महेश बस्नेतका साइबर सेनाविरुद्ध लड्न माधव नेपाल पक्षको ‘अखिल फोर्स’ !

ओली पक्षीय महेश बस्नेतका साइबर सेनाविरुद्ध लड्न माधव नेपाल पक्षको ‘अखिल फोर्स’ !

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३१ २०७८

  • 6.1K
    SHARES

  • ओली पक्षीय महेश बस्नेतका साइबर सेनाविरुद्ध लड्न माधव नेपाल पक्षको ‘अखिल फोर्स’ !
    फाइल तस्वीर

    काठमाडौं – नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली पक्षका नेता महेश बस्नेतले युवाको तागतमा धेरै चुरीफुरी गर्न थालेपछि नेता माधवकुमार नेपाल पक्षले छुट्टै ‘अखिल फोर्स’लाई अघि सारेको छ ।

    नेपाल पक्षीय युवा नेता तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको अखिलका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताएका छन् ।

    केही दिनअघि नेता बस्नेतले युथफोर्स ब्युँताउँदै सिरानीमुनिको खुकुरी निकालेको अभिव्यक्ति दिएका थिए ।

    अखिलका अध्यक्ष पराजुलीले भने, ‘युथ फोर्सका नाममा हाम्रा नेताहरूलाई धम्क्याउन थालिएको छ । त्यसविरुद्ध हामीले अखिल फोर्स बनाएका हौं ।’

    अखिल फोर्सले शैक्षिक क्षेत्रमा हुने बेथितिविरुद्ध लड्ने र नेताहरूको सुरक्षामा खटिने अध्यक्ष पराजुलीले बताएका छन् । उनले भने, ‘कथित साइबर सेनाको नाममा हाम्रा नेताहरूको चरित्र हत्या गर्ने प्रयास भइरहेको छ । अखिल फोर्सले त्यसविरुद्ध पनि लड्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend