आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली ग्रूपको गम्भीर सूचना प्रहरीले पायो, माधव नेपालको घरमा ‘हाईअलर्ट’ सुरक्षा !

ओली ग्रूपको गम्भीर सूचना प्रहरीले पायो, माधव नेपालको घरमा ‘हाईअलर्ट’ सुरक्षा !

  • मिडिया डबली
  • बुधवार, आषाढ ३० २०७८

  • 17.4K
    SHARES

  • ओली ग्रूपको गम्भीर सूचना प्रहरीले पायो, माधव नेपालको घरमा ‘हाईअलर्ट’ सुरक्षा !

    काठमाडौं – नेकपा एमालेभित्र नेता माधवकुमार नेपालले विद्रोह गरेपछि पदमुक्त भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पक्षका युवा आक्रामक भएका सूचना सुरक्षा निकायले पाएका छन् ।

    ओली ग्रूपका युवाले जुनसुकै बेला पनि माधव नेपालमाथि आक्रामण गर्नसक्ने खतरा देखिएपछि कोटेश्वरस्थित नेपालनिवासमा हाईअलर्ट सुरक्षा मिलाइएको छ ।

    अध्यक्ष ओलीलाई बुधवार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा ग्रूपले नेपालको घर घेरेर आक्रामक गर्नसक्ने गम्भीर सूचना प्रहरीले पाएको छ ।

    ओली ग्रूपका युवालाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन भएको छ । आज बुधबार बालकोट सरेका ओलीले नेता नेपालप्रति आक्रामक अभिव्यक्ति दिएका छन् ।

    ओलीले नेता माधवकुमार नेपाललाई पार्टीमा प्रवेश निषेध गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका समर्थकलाई सम्बोधन गर्दै ओलीले नेता नेपाललाई गद्दारको संज्ञा दिए ।

    नेता नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा दिन नसकिने र पार्टीमा ठाउँ नरहेको बताए ।

    ‘माधव नेपालका पछाडि लाग्नेहरूको सन्दर्भमा उहाँहरूले कमी–कमजोरी महसूस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने उहाँहरूलाई मौका दिन्छौं तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ नै छैन ।’

    ओलीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दा समेत नेता नेपाललाई अनुशासनहीन र अराजकको संज्ञा दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend