काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई पार्टीमा प्रवेश निषेध गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका समर्थकलाई सम्बोधन गर्दै ओलीले नेता नेपाललाई गद्दारको संज्ञा दिए ।
नेता नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा दिन नसकिने र पार्टीमा ठाउँ नरहेको बताए ।
‘माधव नेपालका पछाडि लाग्नेहरूको सन्दर्भमा उहाँहरूले कमी–कमजोरी महसूस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने उहाँहरूलाई मौका दिन्छौं तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ नै छैन ।’
ओलीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दा समेत नेता नेपाललाई अनुशासनहीन र अराजकको संज्ञा दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।