काठमाडौं - महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीलाई पदमुक्त गरी नयाँ प्रधानमन्त्री नियुक्तिको परमादेश दिएपछि बडालले पदबाट राजीनामा दिएका हुन् ।
महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो । महान्यायाधिवक्ता कार्यालयमा आजै बडालको बिदाइ कार्यक्रम राखिएको छ ।
नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बडालले बताएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्ति गर्दै सपथ गराउने तयारी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।