आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आज एमाले स्थायी कमिटी बस्दै, के होला निर्णय ?

आज एमाले स्थायी कमिटी बस्दै, के होला निर्णय ?

  • मिडिया डबली
  • मंगलवार, आषाढ २९ २०७८

  • 5.2K
    SHARES

  • आज एमाले स्थायी कमिटी बस्दै, के होला निर्णय ?
    फाइल तस्वीर

    काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक डाकेका छन् ।

    ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी आज मंगलवार दिउँसो १ बजेका लागि एमाले स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

    एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलले बुझाएको १० बुँदे सहमति र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने जानकारी दिए ।

    आन्तरिक किचलोमा रहेको एमालेको एकता प्रक्रियाका लागि ओली तथा नेता माधव नेपाल पक्षका नेताहरू रहेको कार्यदलले सहमति गरेको थियो ।

    सहमतिकै बीचमा सर्वोच्चको फैसलापछिको अवस्थालाई लिएर अन्योल सिर्जना भएका बेला पार्टी बैठक बस्ने भएको छ ।

    सोमवार सर्वोच्च अदालतले प्रतिनिधिसभा संसद विघटन खारेज गर्दै ६ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन तथा आज मंगलवार साँझ ५ बजेभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend