सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

सर्वोच्च अदालतको फैसलाको नेता बानियाँद्वारा स्वागत

सर्वोच्च अदालतको फैसलाको नेता बानियाँद्वारा स्वागत

  • मिडिया डबली
  • सोमवार, आषाढ २८ २०७८

  • 8.0K
    SHARES

  • सर्वोच्च अदालतको फैसलाको नेता बानियाँद्वारा स्वागत

    हेटौंडा - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले सर्वोच्च अदालतले सोमबार गरेको फैसलाको स्वागत गरेका छन् । 

    अदालतले राष्ट्रपतिबाट भएका सबै निर्णय बदर गर्दै साउन ३ गतेभित्र संसद बैठक बोलाउन तथा दुई दिन भित्र नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशको नेता बानियाँले सम्मान व्यक्त गर्दै स्वागत गरेका हुन् ।

    संचारकर्मीहरूलाई प्रतिक्रिया दिंदै उनले अदालतले संसदीय मूल्यमान्यतालाई स्थापित गरिदिएको बताए । उनले प्रधानमन्त्रीको सनक र राष्ट्रपतिको बहकाउमा संसद विघटन गर्न नमिल्ने स्पष्ट पारेको उल्लेख गर्दै संविधानको रक्षा एवं संसदीय गरिमाको सम्बर्द्धनकाे पक्षमा स्वतन्त्र न्यायपालिकाले स्पष्ट फैसला दिएको बताए । 

    सर्वोच्चका 'न्यायमूर्तिहरू'को अहिलेको फैसलाले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने काम भएको उनको भनाइ छ । कुनै पनि राजनैतिक व्यक्तित्वले लोकतन्त्र कमजोर पार्न खोजे स्वतन्त्र न्यायपालिका रहेसम्म त्यो सफल नहुने कुराको अहिलेको फैसला प्रमाण भएको बताए ।

    उनले नेपाली कांग्रेसको काँधमा युगिन जिम्मेवारी आएको भन्दै पार्टीका सबै तह र तप्काका नेता कार्यकर्ता सधैं झैं जिम्मेवार र मर्यादित भई जनताको सेवामा जुट्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने काममा निरन्तर खटिनुपर्नेमा जोड दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend