आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा मध्यराति भयो सहमति, १० बुँदामा के छ ? पढ्नुहोस्

एमालेमा मध्यराति भयो सहमति, १० बुँदामा के छ ? पढ्नुहोस्

  • मिडिया डबली
  • सोमवार, आषाढ २८ २०७८

  • 6.1K
    SHARES

  • एमालेमा मध्यराति भयो सहमति, १० बुँदामा के छ ? पढ्नुहोस्

    काठमाडौं – सत्तारुढ दल नेकपा एमाले भित्रको विवाद टुंग्याउने उद्देश्यले गठित कार्यदलमा सहमति जुटेको छ ।

    आईतवार मध्यरातिसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता माधवकुमार नेपाल पक्षीय उपाध्यक्ष भीम रावलले बताएका छन् ।

    रावलका अनुसार कार्यदल बैठकमा १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्र नेतृत्व तहमा पेश गरिने नेता रावलले जानकारी दिए ।

    सहमतिको १ नम्बर बुँदामा पार्टीभित्रका अन्तरविरोधहरूलाई पार्टीभित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्न हामी सहमत भएको उल्लेख छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटी सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने जनाइएको छ । 

    सहमतिसँगै २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कारवाहीहरू स्वतः बदर भएका छन् ।

    सहमतिमा २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेमा रहनेहरूको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेकाहरूलाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ । अन्यलाई नेकपामा रहँदा सरहको कमिटीमा संगठित गरिने भनिएको छ ।

    प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत तथा संस्थागत निर्णय अनुरूप अगाडि बढ्ने सहमतिमा उल्लेख गरिएको छ ।

    पढ्नुहोस् सहमतिको पूर्णपाठ –

    sahamati.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend