काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकबाट कार्यदलका सदस्य तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल बाहिरिएका छन् ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मन्त्री पौडेल केहीबेरअघि बैठकस्थलबाट बाहिरिएका छन् ।
यसअघि बैठक चलिरहेकै बेला नेता माधवकुमार नेपाल पक्षका उपमहासचिव घनश्याम भुसाल बाहिरिएर होटलमा पुगेका थिए । होटलमा भुसाल र नेपालबीच भेटवार्ता भएको थियो । नेपाललाई भेटेपछि भुसाल बैठकस्थलमै फर्किएका थिए ।
नेता पौडेलले आफू जरुरी काम परेर निस्किएको र अन्य सदस्यहरू छलफलमै रहेका सञ्चारकर्मीलाई जानकारी दिए ।
बिहानदेखि १० घण्टायता जारी कार्यदल बैठकलाई चासोका साथ हेरिएको छ । एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक बिहान साढे ९ बजेदेखि सुरु भएको थियो ।
कार्यदलमा सहमति नजुटेपछि अध्यक्ष ओलीले आज आईतबार अपराह्न ४ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । सहमतिको सम्भावना जीवितै रहेका कारण बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।