काठमाडौं – केन्द्रीय राजनीतिमा झगडा गरिरहेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टी मिलेर २ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा हंगामा मच्चाएका छन् ।
एमाले र माओवादीको हंगामापछि प्रदेशसभा बैठक भोलि सोमबारसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिपक्षी नेकपा एमाले र माओवादी केन्द्रले आगामी आर्थिक वर्षको बजेट मन्त्रीमुखी भएको आरोप लगाउँदै संसद अवरुद्ध गरेपछि आईतबारको बैठक अवरुद्ध भएको छ ।
प्रदेशसभा सभामुख सरोज यादवले पटक–पटक बस्न आग्रह गरेपनि एमाले र माओवादीका सांसदहरूले उठेर सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट संशोधन नगरेसम्म संसद चल्न नदिने बताएका थिए । त्यसपछि सभामुख यादवले १ घण्टाका लागि बैठक स्थगित गरेपनि फेरि भोलिसम्मका लागि स्थगित गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।