काठमाडौं – सत्तारुढ दल नेकपा एमालेमा विवाद समाधान गर्न सहमति नजुटेपछि पार्टी स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।
अपराह्न ४ बजे बालुवाटारमा एमाले स्थायी कमिटी बैठक डाकिएको थियो ।
पार्टी एकता जोगाउन गठित कार्यदलको बैठक लम्बिएपछि स्थायी कमिटी बैठक सोमवार साँझ बस्ने गरी स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । ‘एकताका लागि थप पहलकदमी लिन बैठक स्थगित भएको छ,’ तामाङले भने ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका दुबै पक्ष र पूर्व माओवादी तर्फका नेताहरूलाई बैठकमा बोलाएको थियो । कार्यदलमा सहमति जुटाउने प्रयास बिहानदेखि जारी रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।