काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक छाडेर कार्यदल सदस्य उपमहासचिव घनश्याम भुसाल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नयाँबानेश्वरस्थित होटल पुगेका छन् ।
नेता नेपाल र भुसालबीच नयाँबानेश्वरको अर्याल होटलमा छलफल जारी रहेको छ ।
कार्यदलमा भएको छलफल र सहमतिबारे परामर्शका लागि भुसाल नेता नेपाललाई भेट्न बानेश्वरस्थित होटलमा पुगेका हुन् ।
कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसिरहेको छ । आज आईतबार सहमति सार्वजनिक गर्ने भनिएपनि कार्यदलका नेताहरु बिहान ९ बजेदेखि निरन्तर छलफलमा रहेका छन् ।
सहमतिको मस्यौदा अन्तिम चरणमा पुगेको दाबी गरिँदै आएपनि नेताहरूबीच सहमतिको घोषणा हुन सकेको छैन । लामो समयदेखि एमालेमा सहमतिको प्रयास भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।