आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा एकताको खुसी कहिले आउँछ ? बामदेव गौतमको यस्तो घोषणा

एमालेमा एकताको खुसी कहिले आउँछ ? बामदेव गौतमको यस्तो घोषणा

  • मिडिया डबली
  • आइतवार, आषाढ २७ २०७८

  • 5.6K
    SHARES

  • एमालेमा एकताको खुसी कहिले आउँछ ? बामदेव गौतमको यस्तो घोषणा

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सर्वोच्च अदालतले संसद विघटनका सम्बन्धमा सुनाउने फैसलापछि पार्टी एकीकृत भएर खुसी छाउने बताएका छन् ।

    एमाले पार्टी एकीकृत भएपछि सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्ने गौतमले बताए ।

    राष्ट्रिय सभाको आईतबारको बैठकमा बोल्दै गौतमले भने, ‘आज ८ बजे खुसीको खबर आउँछ भनिएको थियो तर अहिलेसम्म आएको छैन । मैले पहिले नै भनेको थिएँ कि खुसीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ । मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुनेछ ।’

    केही दिनअघि पार्टीको केन्द्रीय कमिटी बैठकमा आफूले भाग लिएको विषयलाई लिएर एउटा समूहले आफूविरुद्ध दुःख प्रस्ताव पारित गरेको सुनेको गौतमले बताएका छन् ।

    ‘अध्यक्षले जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काएर केन्द्रीय समितिको बैठक बोलाएपछि म सहभागी भएँ । म आफू एमालेको जिम्मेवार व्यक्ति हुँ भनेर जनाउका लागि भाग लिएको हुँ । म यो सभामार्फत् जानकारी गराउन चाहन्छु कि म कुनै तर्फबाट होइन, एमाले भएको प्रमाण पेश गर्न गएको हो । कतिपयले आफ्नो समूहमा दुःख प्रस्ताव पारित गर्नुभएछ भन्ने सुने । तर मलाई दुःख मनाउ छैन,’ गौतमले बैठकमा भने ।

    अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सहमतिका लागि छलफल भइरहेपनि टुंगो लाग्न सकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend