सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

दीपक मनांगे र आचार्यलाई 'बम्पर उपहार' यसरि मिल्यो कुरा

दीपक मनांगे र आचार्यलाई 'बम्पर उपहार' यसरि मिल्यो कुरा

  • मिडिया डबली
  • आइतवार, आषाढ २७ २०७८

  • 11.1K
    SHARES

  • दीपक मनांगे र आचार्यलाई 'बम्पर उपहार' यसरि मिल्यो कुरा

    काठमाडौं - अन्ततः गण्डकी प्रदेशका दुई मन्त्रीले विभागीय मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    मन्त्री नियुक्त भएको एक महिनासम्म पनि विभागीय मन्त्रालय नपाएका राजीव गुरुङ अर्थात् दीपक मनांगे खेलकुद र जसपाका हरिशरण आचार्यले ऊर्जामन्त्रीको जिम्मेवारी पाएका हुन् ।

    यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन । दुई विना विभागीय मन्त्रीहरुले सुरुमा अस्वीकार गरेकै मन्त्रालयको जिम्मेवारी एक महिनापछि सम्हालेका हुन्।

    यसअघि जसपाका आचार्यले अर्थ मन्त्रालय दावी गर्दै आफ्ना दुवै सांसदलाई मन्त्री बनाउनुपर्ने माग गर्दै आएका थिए । विश्वासको मत लिने दिन ४ असारमा कांग्रेस नेतृत्व सरकारले जसपालाई अर्थसहित दुई मन्त्रालय दिने सहमति गरे पनि सहमति तोडेपछि किचलो सुरु भएको थियो ।

    मन्त्री नियुक्त भएदेखि मनांगेले आफूले भौतिक पूर्वाधार पाउनुपर्ने अडान लिँदै आएका थिए । यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थको जिम्मा पाइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २७ २०७८०१:४२:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend