काठमाडौं – नेकपा एमालेभित्र चर्किएको विवाद समाधानका लागि गठित कार्यदलको ७ घण्टा लामो बैठकले पार्टीका २ पक्षबीच सहमति गरेको दाबी गरिएको छ ।
सिंहदरबारभित्र अर्थ मन्त्रालयमा भएको बैठक सकिएपछि बाहिरिँदै एमाले सचिव प्रदीप ज्ञवालीले कार्यदलमा सहमति भइसकेको दाबी गरेका छन् ।
बैठकपछि प्रतिक्रिया दिँदै नेता ज्ञवालीले कार्यदलका नेताहरू सहमतिमा पुगेको दाबी गरेका छन् । ‘केही भाषिक परिमार्जनका स–साना काम छन्, हामी भोलि फेरि बैठक बसेर मिलाउने छौं,’ उनले भने ।
भोलि शनिवार बस्ने कार्यदल बैठकले सहमतिलाई अन्तिम रूप दिने नेता ज्ञवालीले बताए । शनिवारको बैठक कति बजे बस्ने भन्नेबारे यकिन नभएको जनाइएको छ ।
कार्यदलमा रहेका नेता गोकर्ण विष्टले समेत अधिकांश विषयमा सहमति भइसकेको र केही विषय मात्रै बाँकी रहेको जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।