काठमाडौं - यतिबेला प्रमुख तीन ठूला दल महाधिवेशनको पूर्वसन्ध्यामा छन् । संविधान र कानुनले तोकेको समय अवधि गुजारिसकेकाले तीनवटै दलको वैधानिकतामा प्रश्न खडा भएका छन् ।
जसमध्ये नेपाली कांग्रेसको भदौ अन्तिमसम्म समय बाँकी नै छ । कांग्रेसले भदौ १६ गतेदेखि १४औं महािधवेशनको मिति तोकिसकेको छ । कांग्रेसको १३औं महाधिवेशन सम्पन्न भएको भदौमा साढे पाँच वर्ष पुग्दैछ ।
तर, सत्तारुढ एमाले र अर्को कम्युनिस्ट पार्टी माओवादी केन्द्र भने अवैधानिक ढंगले चलिरहेका छन् । माओवादी केन्द्रको महाधिवेशन भएको नौ वर्ष बितिसकेको छ । संविधानमा हरेक पाँच वर्षमा पार्टी नवीकरण गर्नुपर्ने उल्लेख छ । माओवादी केन्द्रको महाधिवेशन ०६९ सालमा भएको थियो ।
पार्टी अवैधानिक ढंगले चलेको भन्दै पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरिशंकर चौधरी, मणि थापा (जो अहिले एमाले प्रवेश गरेका छन्) माओवादी खारेजका लागि भन्दै आज पनि निर्वाचन आयोग जाँदैछन् ।
तर, माओवादी केन्द्रको अधिवेशन भएको चार वर्ष मात्र पूरा भएको दाबी प्रचण्डहरूको छ । ०७३ मा रामबहादुर थापाहरू एकीकृत नेकपा (माओवादी) मा आएपछि पार्टीको नाम नेकपा ९माओवादी केन्द्र० राखियो। त्यहाँ एकता अधिवेशनको विधान प्रतिवेदन पेश गरी पारित गरियो। उक्त एकता अधिवेशनका निर्णयहरू निर्वाचन आयोगमा पेस गरिएकाले अवैधानिक नहुने जिकिर गरिएको छ।
उता एमालेको नवौं महाधिवेशन ०७१ सालमा भएको हो। त्यही महाधिवेशनबाट केपी ओली अध्यक्ष निर्वाचित भएका हुन्। एमालेको महाधिवेशन भएको सात वर्ष पुगेको छ, त्यसयता एमालेले कुनै वैधानिक अधिवेशन र सम्मेलन गरेको छैन। त्यसैले खारेज माओवादी पार्टी होइन, एमाले हुनुपर्ने आवाज उठ्न थालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।