सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेस महाधिवेशन सार्न सर्वाेच्च अदालतमा मुद्दा हाल्ने तयारी

कांग्रेस महाधिवेशन सार्न सर्वाेच्च अदालतमा मुद्दा हाल्ने तयारी

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २५ २०७८

  • 7.9K
    SHARES

  • कांग्रेस महाधिवेशन सार्न सर्वाेच्च अदालतमा मुद्दा हाल्ने तयारी

    काठमाडौं – नेपाली कांग्रेसभित्र महाधिवेशनको मुखैमा क्रियाशील सदस्यता वितरण विवाद बढ्दै गएको छ ।

    केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिमा उजुरी थपिनेक्रम जारी रहेका बेला बिहीवार महामन्त्री डा. शशांक कोइरालाले सदस्यताको टुंगो लाग्न नसके तोकिएको मितिमा १४औं महाधिवेशन हुन नसक्ने बताए ।

    कांग्रेसको पछिल्लो बैठकले कार्यतालिका संशोधन गरी भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । ४६ जिल्लाबाट क्रियाशील सदस्यताका विषयमा छानविन समितिमा उजुरी परेको जानकारी दिँदै महामन्त्री कोइरालाले उजुरी हेरेर टुंगो लगाउने प्रयास भइरहेको बताएका छन् ।

    उनले भने, ‘क्रियाशील सदस्यता विवाद असार महिनाभित्र टुंग्याउन सकिएन भने त तोकिएको समयमा महाधिवेशन हुनेमा आशंका भइहाल्छ नि ! अहिलेको अवस्थामा टाइममै महाधिवेशन हुन्छ कि हुँदैन, प्रश्नचिह्न चाहिँ छ ।’

    यसअघि बिहीवार नै बसेको संस्थापन इतर समूहको बैठकले संस्थापन पक्षले महाधिवेशन प्रभावित गर्न क्रियाशील सदस्यता वितरणमा जथाभावी गरेको भन्दै सम्पूर्ण ध्यान छानविनमा लगाउने निष्कर्ष निकालेको छ । संस्थापन पक्षले अन्य पार्टीबाट प्रवेश गरेका नेता कार्यकर्तालाई आफूखुशी क्रियाशील सदस्यता वितरण गरेको इतर पक्षको आरोप रहेको छ । 

    यसरी पूर्व सहमति विपरीत वितरित सदस्यता आफूहरुलाई मान्य नहुने संस्थापन इतर समूहका एक नेताले बताए । संशोधित कार्यतालिका अनुसार कांग्रेसले असार मसान्तभित्र सदस्यता छानविन टुंग्याएर सभापति शेरबहादुर देउवाले प्रमाणित गरी केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउनुपर्नेछ । तर विवाद बढ्दै जाँदा निर्धारित मितिमा छानविन सकिनेमा समितिका सदस्य नै ढुक्क छैनन् ।

    समयमै सदस्यता विवाद टुंगो लाग्न नसके विवादितलाई थाती राखेर पनि सहमतिमा महाधिवेशन गर्न सकिन्छ । भदौभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यतामा कांग्रेस रहेको छ । समयमा महाधिवेशन हुन नसके अर्को संकट आउने छ । त्यस्तो अवस्था आए कोरोना भाइरसलाई देखाउँदै अदालतको सहारामा महाधिवेशन सार्न समय लिने विकल्प बाँकी रहने नेताहरुको बुझाइ रहेको छ । 

    कोरोना भाइरस संक्रमणको अवधिलाई शून्य समय मानेर महाधिवेशनका लागि थप समय मागसहित अदालत जाने विषयमा अनौपचारिक कुराकानी भइरहेको जानकारी दिँदै एक नेताले भने, ‘अदालतबाट थप समय लिने विषयमा अनौपचारिक कुराकानी भएको छ तर त्यो अन्तिम विकल्प हो । अहिले चाहिँ तोकिएकै समयमा महाधिवेशन गराउने भन्नेमै छौं ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend