आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा झमेला : बाहिर सहमतिको प्रचार, भित्र बिग्रह ! के हो भित्री रहस्य ?

एमालेमा झमेला : बाहिर सहमतिको प्रचार, भित्र बिग्रह ! के हो भित्री रहस्य ?

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २५ २०७८

  • 4.3K
    SHARES

  • एमालेमा झमेला : बाहिर सहमतिको प्रचार, भित्र बिग्रह ! के हो भित्री रहस्य ?

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बिहीवारको बैठक विना निष्कर्ष टुंगिएको छ ।

    विगत ४ दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन सकेको छैन । तर उनीहरूले वार्ता सकारात्मक भन्दै कृत्रिम अभिव्यक्ति दिने गरेका छन् ।

    नेताहरुको यस्तो कार्यशैलीले एमाले एकजुट बन्न कठिन हुन सक्ने भन्दै आमकार्यकर्तामा आक्रोश छाउन पुगेको छ । कुनै सहमति हुन सकेको छैन ।

    एमाले एकतामा सहमति हुने हो कि विग्रह आउने हो भन्नेमा अझै अन्योल छ । यस्तो अन्योलता बढ्न थालेपछि कार्यकर्ता तहमा आक्रोश छाउन पुगेको छ ।

    सिंहदरबारमा बिहीवार कार्यदलको बैठक एकैदिन २ पटक बसे पनि कुनै सहमति जुट्न सकेन । पार्टी एकताका लागि गम्भीर छलफल भए पनि अझै कुनै सहमति हुन नसकेको कार्यदलका सदस्यहरुले जनाएका छन् ।

    छलफल जारी रहेको र शुक्रवार पुनः छलफल हुने नेताहरुले बताए । वार्ता निष्कर्षविहीन भए पनि सधैं सहमति हुने क्रममा छ भन्दै नेताहरूले झूट बोल्न थालेकाले उनीहरु ‘पेन्डुलम’ बन्दै जान थालेको आमकार्यकर्ताको निष्कर्ष रहेको छ ।

    नेकपा स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले कार्यदलले सहमति जुटाएरै छोड्ने विश्वास व्यक्त गरेका छन् । छलफल जारी रहेको र शुक्रवार पुनः कार्यदलको बैठक बस्ने सहमति भएको उनले बताएका छन् ।

    ‘छलफल जारी नै छ, हामी विश्वस्त छांै कि कार्यदलले सहमतिका साथ पार्टी एकतालाई उचित निष्कर्षमा पुर्‍याउने छ, हामी शुक्रवार पुनः बैठक बस्नेछौं,’ उनले भने ।

    यसअघि बिहीवार नै बसेको पहिलो बैठकपश्चात् साँझ बस्ने अर्को बैठकबाट सहमतिका साथ निष्कर्षमा पुग्ने जानकारी नेम्वाङले गराएका थिए तर कार्यदलको बैठक निरन्तर जारी रहेको भए पनि सहमति जुट्न सकेको छैन ।

    एमालेका उपमहासचिव एवं कार्यदलका सदस्य घनश्याम भुसालले कार्यदलभित्र कुनै सहमति हुन नसकेको बताएका छन् । विगत १० दिनअघि एमालेमा जुन विवाद थियो, त्योभन्दा अघि थप कुनै प्रगति नभएको उनले बताएका छन् । बिहीवार साँझ बसेको बैठकमा कार्यदलका सदस्य रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित भएपछि थप छलफल अगाडि बढ्न सकेन । 

    एमाले उपमहासचिव समेत रहेका उपप्रधानमन्त्री पौडेल मन्त्रिपरिषद्को बैठकमा सहभागी हुनुपर्ने कारणले कार्यदलको बैठकमा सहभागी हुन नसकेको बताइएको छ ।

    ‘हामी १० दिनअघि जहाँ थियांै, आज पनि त्यही छौं । १० दिनअघि केही एजेन्डाहरू तय गरेका थियौं । विभिन्न कारणले हामी ठोस र मूर्त योगदान गर्न सकेका छैनौं । कुनै प्रगति भएको छैन,’ उनले भने ।

    बिहीवारसम्म आइपुग्दा पार्टीभित्र देखिएको विवाद समाधान उन्मुख भएको र त्यसलाई मूर्तरूप दिनुभन्दा अघि शीर्ष नेताबीच समेत छलफल भएको थियो । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधवार राति छलफल भएको थियो । ओली र नेपालबीच भएको छलफलमा समेत कुनै सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिहीवार पुनः बस्यो । तर कार्यदलबीच समेत सहमति जुट्न नसको बैठक लम्बिएको छ ।

    ओली सर्वोच्च अदालतको फैसलाअघि नै नेपाल समूहले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने अडानमा छन् । हस्ताक्षर फिर्ता नभए अदालतको फैसला स्वीकार गर्दै त्यसपछि पनि आफू नेतृत्वकै सरकारको निरन्तरता हुनुपर्नेमा नेपाल समूहको प्रतिबद्धता आउनुपर्ने ओलीको अडान रहेको छ ।

    तर नेपाल समूहले हस्ताक्षर फिर्ता नलिने भन्दै अदालतको फैसलाअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । नेपाल पार्टी एकतापश्चात् आफू निकटका नेताहरुको अवस्था सुरक्षित होस् भन्ने रणनीतिमा छन् । एक व्यक्ति एक प्रमुख जिम्मेवारी हुनुपर्ने अडानमा नेपाल छन् । साथै पार्टीको आधिकारिक पत्र तथा निर्णय सहमतिमा हुनुपर्ने र त्यस्तो पत्रमा आफ्नो पनि हस्ताक्षर हुनुपर्ने शर्त नेपालले राखेका छन् । त्यसमा ओली सहमत हुन सकेका छैनन् ।

    अन्य विषयमा कार्यदल सहमतिनजिक पुगे पनि ओली र नेपालले हस्ताक्षरसहित घोषणा गर्ने पार्टी एकताको वक्तव्यमा उल्लेख हुने साझा भाषाको खोजीमा रहेको एमाले स्रोतले जानकारी दियो । ओली र नेपाल अदालतको फैसलाअनुसार अघि बढ्ने, २०७५ जेठ २ गतेकै अवस्थाबाट पार्टी र जनवर्गीय संगठनहरूको सञ्चालन गर्ने विषयमा सहमत भएका छन् ।

    केन्द्रीय कमिटीको संख्या र एमाले प्रवेश गरेका पूर्व माओवादी केन्द्रका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अझै सहमति हुन नसकेको कार्यदलले जनाएको छ ।

    पार्टी नेता कार्यकर्ताको दबाबमा शीर्ष नेता कार्यदललाई सक्रिय बनाउँदै पार्टी एकता जोगाउनमा सक्रिय हँुदै आइरहेका छन् । कार्यदलमा ओली समूहबाट संयोजक नेम्वाङ, सदस्यमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । नेपाल समूहबाट भीम रावल संयोजक र सदस्यमा घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend