आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले कार्यदल बैठक एकैछिनमा स्थगित, घनश्याम भुसालले खोले रहस्य !

एमाले कार्यदल बैठक एकैछिनमा स्थगित, घनश्याम भुसालले खोले रहस्य !

  • मिडिया डबली
  • बिहिवार, आषाढ २४ २०७८

  • 11.3K
    SHARES

  • एमाले कार्यदल बैठक एकैछिनमा स्थगित, घनश्याम भुसालले खोले रहस्य !

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको एकताका लागि गठित कार्यदलको बिहीबार साँझको बैठक विषय प्रवेश नै नगरी एकैछिनमा स्थगित भएको छ । 

    बिहीवार बिहानको बैठकले आन्तरिक गृहकार्य गर्ने भन्दै साँझका लागि बैठक सारेको थियो । तर साँझ पनि बैठक स्थगित भयो ।

    कार्यदलको बैठक विषय प्रवेश नै नगरी स्थगित भएको कार्यदलका सदस्य एवं एमाले उपमहासचिव घनश्याम भुसालले बताएका छन् । भुसालले विगत १० दिनयता बैठकमा कुनै प्रगति हुन नसकेको रहस्य खुलासा गरेका छन् ।

    उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि कार्यदल सक्रिय भएपनि भुसालले कुनै प्रगति हुन नसकेको बताए ।

    यसैबीच, सत्तारुढ दल नेकपा एमाले एकता गर्ने विषयमा विवाद समाधान कार्यदलमा छलफल चलिरहेका बेला नेता माधवकुमार नेपाल पक्ष बिच्किएको छ ।

    हरेक बैठक र छलफलमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने विषयमा मात्रै जोड दिएको नेपाल पक्षको बुझाइ छ ।

    यसरी ओलीले सहमतिका नाममा विपक्षी गठबन्धन भत्काउने ‘षड्यन्त्र’ गरिरहेको शंका नेपाल पक्षले गरेपछि सहमतिको प्रयास भाँडिने सम्भावना उत्तिकै रहेको स्रोतको दाबी छ ।

    नेपाल पक्षले पार्टी एकतावद्ध हुँदा संगठन र सरकारमा शक्ति बाँडफाँटका लागि प्याकेजमै सहमति हुनुपर्ने अडान राखेपनि ओली पक्षले हस्ताक्षर फिर्ता गराउनमा मात्रै ध्यान दिएको आरोप छ ।

    हिजो बुधवार राति होटल म्यारियटमा अध्यक्ष ओली र नेता नेपालबीच भएको भेटमा नेपालले बराबर हिस्सा मागेका थिए । तर ओलीले सकारात्मक जवाफ नदिएपछि नेपालले ‘षड्यन्त्र’ देखेको स्रोतले जनाएको छ ।

    पार्टी सञ्चालन र हरेक निर्णयमा राजनीतिक तथा कानूनी मान्यता हुने गरी ओलीसँगै आफ्नो पनि हस्ताक्षर हुनुपर्ने माग नेता नेपालले राखेका छन् । नेपालले प्रधानमन्त्री र अध्यक्ष २ मध्ये एक पद ओलीले छाड्नुपर्ने माग समेत राखेका छन् । पछिल्लो समय वार्ता टोलीका नेताहरूबीच भएका अनौपचारिक छलफल र सहमतिका प्रयासप्रति नेपालले उदासिनता प्रकट गर्दै आएका थिए ।

    अध्यक्ष ओलीसँग भेट्न समेत रुचि नदेखाएका नेपालले आफूनिकट नेताहरूको आग्रह र दबाबमा बुधबार राति भेटेका हुन् । अध्यक्ष ओलीले आफूलाई विपक्षी गठबन्धनबाट अलग गराउने षड्यन्त्रका रूपमा मात्र वार्तालाई प्रयोग गर्न खोजेको नेपालको बुझाइ रहेको छ । नेपालको यस्तो बुझाइ र ओलीको हिस्सा नदिने अडानले एमाले एकता सम्भावना कम रहेको विश्लेषण हुन थालेको छ ।

    ओलीले आफूलाई विपक्षी गठबन्धनबाट अलग गर्न मात्रै खोजेको बुझेका नेपालले यहीँ मौकामा ओलीसँग ठूल्ठूला माग राखेका छन् । नेपालले धोकेबाज ओलीको आफूलाई कत्ति पनि विश्वास नरहेकाले प्याकेजमै लिखित सहमति हुनुपर्ने माग राखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend