आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

कानुनविपरीत एमाले नेता खनालको उपचारमा लाग्ने खर्च बेहोर्दै ओली सरकार

कानुनविपरीत एमाले नेता खनालको उपचारमा लाग्ने खर्च बेहोर्दै ओली सरकार

  • मिडिया डबली
  • बिहिवार, आषाढ २४ २०७८

  • 9.1K
    SHARES

  • कानुनविपरीत एमाले नेता खनालको उपचारमा लाग्ने खर्च बेहोर्दै ओली सरकार

    काठमाडौं - एमाले नेतृत्वको वर्तमान सरकारले कानुनविपरीत आफ्ना पार्टीका वरिष्ठ नेता झलनाथ खनालको उपचारमा लाग्ने खर्च बेहोर्ने निर्णय गरेको छ ।

    तर, कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गराउनुपर्ने भएमा सोका लागि सरकारी कोषबाट खर्च उपलब्ध गराउन मिल्दैन। जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३० मा यस्तो गर्न नपाइने उल्लेख छ।

    jhalanat.jpg

    तर, हालै बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रम खनालको विदेशमा लाग्ने उपचार खर्च तिर्ने निर्णय गरेको छ। उनको अहिले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

    यसअघि एमालेको केन्द्रीय कमिटी बैठकले खनालको उपचार खर्च पार्टीले बेहोर्ने निर्णय गरेको थियो । तर, सो निर्णय केही दिन पनि टिक्न सकेन । अहिले आएर जनताले कर तिरेर जम्मा गरेको राज्यकोषबाटै खनालको उपचार गरिने सरकारले निर्णय गरेको छ ।

    नेपालमा राज्यकोषबाट सबैभन्दा धेरै उपचार खर्च लिनेमा अहिलेका प्रधानमन्त्री केपी ओली पर्छन् । उनले सुरुदेखि अहिलेसम्म २० करोडभन्दा बढी उपचार खर्च राज्यबाट लिइसकेका छन् । तर, देशमा लोकतन्त्र र गणतन्त्र स्थापना गर्न ओलीको योगदान शून्यबराबर छ ।

    jhalanathkhanala_upachar.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend