आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

ओलीको वार्ता रणनीति : असार २८ अघि माधव पक्षले गरेको हस्ताक्षर जसरी पनि फिर्ता गराउने

ओलीको वार्ता रणनीति : असार २८ अघि माधव पक्षले गरेको हस्ताक्षर जसरी पनि फिर्ता गराउने

  • कृष्ण प्रसाद पहाडी
  • बिहिवार, आषाढ २४ २०७८

  • 5.1K
    SHARES

  • ओलीको वार्ता रणनीति : असार २८ अघि माधव पक्षले गरेको हस्ताक्षर जसरी पनि फिर्ता गराउने

    काठमाडौं - विपक्षी गठबन्धनमा लागेर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजेको भन्दै एमाले अध्यक्ष केपी ओली निकै आक्रोशित छन् ।

    ओलीले नेपाललाई पार्टीबाट समेत निकालेका थिए । तर, सर्वोच्च अदालतले ओलीले बनाएको दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गरेपछि ओली अहिले एमालेलाई नवौं महाधिवेशनले निर्वाचित गरेको कमिटीलाई मान्यता दिन बाध्य भएका छन् ।

    नेकपामा हुँदा सुरु भएको विवादका कारण नेपाललाई पेल्दापेल्दै आफ्नै कुर्सी धरापमा परेपछि ओली निहुरिएर माधव नेपालसँग वार्ता गर्नुपर्ने अवस्थामा आइपुगेका छन् । केही दिन अगाडि ओलीले नेता नेपाललाई प्रचण्डको मामुली कार्यकर्ता भनेर आरोप लगाएका थिए । ने

    ता नेपालकै कारण आफ्नो कुर्सी दाउमा लागेपछि ओली नेपालसँग क्रुद्ध बनेका हुन् । कतिसम्म भने ओलीले ‘माधव नेपाललाई केपी ओलीले प्रधानमन्त्रीमा प्रस्ताव गर्न के मलाई बहुलाहा कुकुरले टोकेको छ र’ भनेका थिए ।

    तर, अहिले आफूले प्रचण्डको मामुली कार्यकर्ता भनेको माधव नेपाललाई भेट्न पाँच तारे होटेल मेरियट पुगे । बुधबार राति दुई घन्टासम्म ओलीले नेपालसँग वन टु वनका साथै पार्टीका दोस्रो तहका नेताहरूसँग वार्ता गरेका थिए ।

    ओलीको वार्ता रणनीतिबारे विभिन्न ढंगले व्याख्या हुन थालेको छ । आजै ओली र नेपालबीच संयुक्त वक्तव्य जारी गर्ने रणनीतिमा ओली पक्ष लागेको छ । ओली असार २८ गते अगाडि जसरी पनि माधव पक्षका सांसदको हस्ताक्षर फिर्ता गराउन चाहन्छन् ।

    यदि सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिदिइ हालेमा पनि आफ्नो पार्टीका सांसद इन्ट्याक्ट राख्ने ओलीको चाहना छ । एमालेसँग १२१ सांसद छन् ।

    जसपाको महन्थ ठाकुर पक्षसँग १८ सांसद हुँदा ओलीले फेरि पनि विश्वासको मत प्राप्त गर्ने सम्भावना देखिएकाले पनि ओली पक्ष अहिले माधव नेपाललाई गलाउने रणनीतिमा लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend