आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले कार्यदलको बैठक आज पनि बस्दै, होला सहमति ?

एमाले कार्यदलको बैठक आज पनि बस्दै, होला सहमति ?

  • मिडिया डबली
  • बिहिवार, आषाढ २४ २०७८

  • 4.4K
    SHARES

  • एमाले कार्यदलको बैठक आज पनि बस्दै, होला सहमति ?

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानका लागि बनेको कार्यदलको बैठक आज बिहीबार पनि बस्दैछ ।

    कार्यदलका यसअघि भएका बैठकमा सहमति जुट्न बाँकी विषयमा बिहीबारको बैठकमा केन्द्रित हुने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताएका छन् ।

    नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ एक्लाएक्लै वार्ता भएको छ । ‘उहाँहरुको कुराकानी सकारात्मक छ । सकारात्मक ढंगले उठेर हिँड्नुभएको छ । बाँकी कुरा कार्यदल बैठकमा हुन्छ,’ नेता पाण्डेले भनेका छन् ।  

    बुधवार साँझ ओली र नेपालबीच मेरियट होटेलमा दोस्रो तहका नेताहरुसहित वार्ता भएको छ । वार्तामा पार्टी एकतालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको उपाध्यक्ष भीम रावलले बताएका छन् ।

    उपाध्यक्ष रावलले भने, ‘दुई शीर्ष नेताबीच कुराकानी भयो । समग्रतामा पार्टी एकतालाई कसरी अघि बढाउने, हामीले गर्दै आएका कुरालाई सकारात्मक परिणाममा कसरी पुर्‍याउने भन्ने सिलसिलामा कुराकानी भएको पाएका छौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend