काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किरहेका बेला नेता कार्यकर्तामा एकताको सन्देश दिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालले संयुक्त वक्तव्य निकाल्ने रणनीति विवाद समाधान कार्यदलले बनायोे । तर यो रणनीति शीर्ष नेता तहमा पुग्दा तुहियो ।
अध्यक्ष ओली संयुक्त वक्तव्य जारी गरेर एमाले एकढिक्का रहेको सन्देश दिन चाहन्छन् । तर नेता नेपाल यसमा सहमत हुन सकेनन् ।
बुुधबार साँझ भएको ओली–नेपाल छलफलमा समेत ओलीले संयुक्त वक्तव्य निकाल्न प्रस्ताव गरे । तर नेता नेपालले यो प्रस्ताव अस्वीकार गरेका छन् ।
नेता नेपालले पार्टीमा रहेका आधारभूत मतभेदमा सहमति नभएसम्म संयुक्त वक्तव्य निकाल्नुको अर्थ नहुने तर्क गरे । ओलीलाई नेपालले दिएको जवाफ उदृत गर्दै स्रोतले भन्यो, ‘आधारभूत मतभेद नटुंगिँदासम्म एकताको वक्तव्य मात्रै जारी गर्नु जायज हुँदैन ।’
नेता नेपालले पहिला विवादका विषय मिलाउनुपर्ने प्रस्ताव गरेका छन् । ‘हामीबीच कायम रहेका आधारभूत मतभेद नसुल्झिएसम्म एकताको विज्ञप्ति मात्रै दिनुको कुनै अर्थ हुँदैन । पहिले हाम्रा असहमतिहरुलाई मिलाऊँ,’ नेताले भने ।
नेता नेपालले अध्यक्ष ओलीसामु शक्ति सन्तुलन मिलाउने विषयमा प्रस्ताव गरेका थिए । नेपालको प्रस्तावमा ओली सहमति हुन नसकेपछि सहमति विनै बैठक टुंगिएको थियो । राजनीतिक र सांगठनिक शक्ति सन्तुलन मिलाउनुपर्ने प्रस्ताव नेता नेपालले राखेका थिए ।
कार्यदलका सदस्यहरूले सहमति खोज्नुपर्ने ५ वटा आधार पहिल्याएका थिए । जसमा निषेधको राजनीति अन्त्यका लागि वातावरण बनाउनुपर्ने, पार्टीको सांगठनिक संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा अघि बढाउने, पार्टी एकताका क्रममा आएका सदस्यहरुलाई सशर्त स्थान दिने, उनीहरुको भूमिकाबारे नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीले निर्णय गर्ने र सर्वोच्चको फैसलापछि मिलेर अघि बढ्ने रहेका छन् ।
उपमहासचिव तथा उपप्रधानमन्त्री विष्णु पौडेलले भने, ‘कार्यदलबाट हामीले पहिल्याएका बाटोबारे शीर्ष नेताहरुलाई जानकारी गरायौं । ती विषयमा सहमति जुटाउनेबारे उहाँहरुबीच फेरि संवाद हुन्छ ।’
उपाध्यक्ष तथा नेता नेपाल पक्षका वार्ता कार्यदल संयोजक भीम रावलले एमाले एकताका लागि प्रयास भइरहेको बताए । ‘शीर्ष नेताबीच कुराकानी भयो । समग्रतामा पार्टीको एकता कसरी गर्ने र सकारात्मक परिणाममा कसरी लैजाने भन्ने कुराकानी भयो,’ उनले भने, ‘पुनः कुराकानी हुनेछ । लामो समयदेखि विभिन्न विषयमा कुराकानी गर्नुपर्ने आवश्यकताबोध गर्दै आएका छौं । कार्यदलमा छलफल जारी छ, नेताहरूबीच वार्ता भएको छ । फेरि कुराकानी गर्नेछौं । समस्या समाधान गर्नु उद्देश्य हाम्रो हो ।’
एमाले विवाद समाधान कार्यदलकै सदस्यबीच भएको सहमति र छलफलका आधारमा ओली र नेपालबीच भेटवार्ता सम्भव भएको थियो । पछिल्लो समय ओली र नेपालबीच विवाद धेरै चर्किएको थियो ।
बैठकमा ओली पक्षबाट कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङ र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा नेपाल पक्षबाट भीम रावल र नेता सुरेन्द्र पाण्डे सहभागी रहेका थिए ।
बैठकमा कार्यदलका संयोजकहरूले ३ दिनयता भएको छलफल र सहमतिबारे जानकारी गराएका छन् । कार्यदलमा भएको सहमतिलाई अन्तिम टुंगो दिएर विवाद टुंग्याउन घनिभूत छलफल भएको स्रोतले जनाएको छ ।
बुधवार दिउँसो अर्थ मन्त्रालयमा बसेको एमाले विवाद समाधान कार्यदलको बैठकपछि नेताहरूले विवाद समाधान हुनेतर्फ अगाडि बढेको जानकारी दिएका थिए । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कार्यदल भित्रको छलफल सकारात्मक निष्कर्षउन्मुख रहेको जनाएका थिए ।
नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेपछि ओली आक्रोशित हुँदा विवाद उत्कर्षमा पुगेको थियो ।
ओली–नेपालले संयुक्त वक्तव्य निकाल्ने रणनीति किन तुहियो ? बैठकभित्रको यस्तो रहस्य !

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।