आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली–नेपाल वार्ता सकिएपछि भीम रावलले दिए यस्तो जानकारी

ओली–नेपाल वार्ता सकिएपछि भीम रावलले दिए यस्तो जानकारी

  • मिडिया डबली
  • बुधवार, आषाढ २३ २०७८

  • 6.8K
    SHARES

  • ओली–नेपाल वार्ता सकिएपछि भीम रावलले दिए यस्तो जानकारी

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको वार्ता सकिएपछि उपाध्यक्ष भीम रावलले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

    राजधानी काठमाडौंको मेरियट होटलमा वार्ता सकेर ओली र नेपाल बाहिरिएका छन् ।

    होटलबाट बाहिरिँदै नेता नेपालले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् । तर उपाध्यक्ष तथा नेता नेपाल पक्षका वार्ता कार्यदल संयोजक भीम रावलले वार्ताबारे जानकारी दिए ।

    उपाध्यक्ष रावलले एमाले एकताका लागि प्रयास भइरहेको बताए । ‘शीर्ष नेताबीच कुराकानी भयो । समग्रतामा पार्टीको एकता कसरी गर्ने र सकारात्मक परिणाममा कसरी लैजाने भन्ने कुराकानी भयो,’ उनले भने, ‘पुनः कुराकानी हुनेछ । लामो समयदेखि विभिन्न विषयमा कुराकानी गर्नुपर्ने आवश्यकताबोध गर्दै आएका छौं । कार्यदलमा छलफल जारी छ, नेताहरूबीच वार्ता भएको छ । फेरि कुराकानी गर्नेछौं । समस्या समाधान गर्नु उद्देश्य हाम्रो हो ।’

    एमाले विवाद समाधान कार्यदलकै सदस्यबीच भएको सहमति र छलफलका आधारमा ओली र नेपालबीच भेटवार्ता सम्भव भएको थियो । पछिल्लो समय ओली र नेपालबीच विवाद धेरै चर्किएको थियो ।

    बैठकमा ओली पक्षबाट कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङ र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा नेपाल पक्षबाट भीम रावल र नेता सुरेन्द्र पाण्डे सहभागी रहेका थिए ।

    बैठकमा कार्यदलका संयोजकहरूले ३ दिनयता भएको छलफल र सहमतिबारे जानकारी गराएका छन् । कार्यदलमा भएको सहमतिलाई अन्तिम टुंगो दिएर विवाद टुंग्याउन घनिभूत छलफल भएको स्रोतले जनाएको छ ।

    बुधवार दिउँसो अर्थ मन्त्रालयमा बसेको एमाले विवाद समाधान कार्यदलको बैठकपछि नेताहरूले विवाद समाधान हुनेतर्फ अगाडि बढेको जानकारी दिएका थिए । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कार्यदल भित्रको छलफल सकारात्मक निष्कर्षउन्मुख रहेको जनाएका थिए ।

    नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेपछि ओली आक्रोशित हुँदा विवाद उत्कर्षमा पुगेको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend