आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली र नेपालसँगै यी नेताहरू छन् गोप्य बैठकमा, खिचडी पाक्ला ?

ओली र नेपालसँगै यी नेताहरू छन् गोप्य बैठकमा, खिचडी पाक्ला ?

  • मिडिया डबली
  • बुधवार, आषाढ २३ २०७८

  • 5.5K
    SHARES

  • ओली र नेपालसँगै यी नेताहरू छन् गोप्य बैठकमा, खिचडी पाक्ला ?

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल अन्य नेताहरूलाई राखेर गोप्य बैठकमा बसेका छन् ।

    राजधानी काठमाडौंको मेरियट होटलमा जारी छलफलमा विवाद समाधान कार्यदलका सदस्यहरू समेत रहेका छन् ।

    कार्यदलकै सदस्यबीच भएको सहमति र छलफलका आधारमा ओली र नेपालबीच भेटवार्ता सम्भव भएको हो । पछिल्लो समय ओली र नेपालबीच विवाद धेरै चर्किएको थियो ।

    बैठकमा ओली पक्षबाट कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङ र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा नेपाल पक्षबाट भीम रावल र नेता सुरेन्द्र पाण्डे सहभागी रहेका स्रोतले जनाएको छ ।

    बैठकमा कार्यदलका संयोजकहरूले ३ दिनयता भएको छलफल र सहमतिबारे जानकारी गराएका छन् । कार्यदलमा भएको सहमतिलाई अन्तिम टुंगो दिएर विवाद टुंग्याउन घनिभूत छलफल भइरहेको स्रोतले जनाएको छ ।

    आज बुधवार अर्थ मन्त्रालयमा बसेको एमाले विवाद समाधान कार्यदलको बैठकपछि नेताहरूले विवाद समाधान हुनेतर्फ अगाडि बढेको जानकारी दिएका थिए । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कार्यदल भित्रको छलफल सकारात्मक निष्कर्षउन्मुख रहेको जनाएका थिए ।

    नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेपछि ओली आक्रोशित हुँदा विवाद उत्कर्षमा पुगेको थियो । लामो समयदेखि एमाले विवाद समाधानको खिचडी पकाउन खोजिएको भएपनि यसपालि सफल होला कि ? प्रतीक्षाको विषय बनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend