काठमाडौं – सत्तारुढ दल नेकपा एमालेभित्र चर्किएको विवाद समाधानका लागि गठित कार्यदलले सहमतिको खाका बनाएपछि त्यसलाई ‘फाइनल’ गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
काठमाडौंको नक्सालस्थित मेरियट होटलमा ओली र नेपालबीचमा भेटवार्ता सुरू भएको हो ।
भेटवार्ताका लागि नेता नेपाल होटलमा पुगेर केहीबेर पर्खिएपछि ओली पुगेका जनाइएको छ ।
आज बुधवार बसेको कार्यदल बैठकले दुबै नेताबीच भेटवार्ताको प्रयास गराउने सहमति भएको थियो ।
ओली पक्षीय नेता सुवास नेम्वाङ र नेपाल पक्षीय उपाध्यक्ष भीम रावलको संयोजकत्वमा कार्यदल रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।