आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाललाई भेटेर अर्थ मन्त्रालयमा पुगे भीम रावल, के छ तयारी ?

माधव नेपाललाई भेटेर अर्थ मन्त्रालयमा पुगे भीम रावल, के छ तयारी ?

  • मिडिया डबली
  • बुधवार, आषाढ २३ २०७८

  • 8.0K
    SHARES

  • माधव नेपाललाई भेटेर अर्थ मन्त्रालयमा पुगे भीम रावल, के छ तयारी ?

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेमा देखिएको विवाद समाधान गरेर एकताका लागि क्रियाशील बनेको कार्यदल बैठक बस्नुअघि उपाध्यक्ष भीम रावलले नेता माधव नेपालसँग परामर्श गरेका छन् ।

    नेपालनिवास कोटेश्वरमा परामर्श गरेर उपाध्यक्ष रावल कार्यदलको बैठकका लागि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेका हुन् ।

    नेपाल पक्षका संयोजक रहेका रावलले हालसम्मका सहमतिका विषयमा नेपाललाई जानकारी गराएका छन् । 

    रावल आउनुअघि नै वार्ता टोलीका दुबै पक्षका सबै नेताहरु सिंहदरवार पुगिसकेका थिए । वार्ता टोलीबीच अर्थ मन्त्रालयमा छलफल चलिरहेको छ ।

    मंगलवार वार्ता टोलीको छलफल चलिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता माधव नेपाललाई भेट्न कोटेश्वर गएका थिए ।

    नेता नेपाल पक्षका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेपछि चर्किएको विवाद समाधानका लागि प्रयास भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend