काठमाडौं – नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको दोस्रो दिनको बैठकपछि उपाध्यक्ष भीम रावलले पार्टी एकताका लागि तत्काल सहमति नभए पनि सकारात्मक नतिजा निकाल्ने विश्वास व्यक्त गरेका छन् ।
मंगलवार बसेको पार्टी एकताका लागि गठित कार्यदलको बैठकपछि उपाध्यक्ष रावलले पार्टी एकता नजिताउन्मुख भएको जानकारी दिए ।
‘नेकपा एमाले पुनर्जीवित भइसकेको अवस्थामा उत्पन्न समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेमा छलफल गरेका छौं । यस सम्बन्धमा साथीहरूले पनि आ–आफ्नो विचार र दृष्टिकोण राख्नुभयो । अब त्यस सम्बन्धमा भोलि थप बैठक बस्ने छौं ।’
उपाध्यक्ष रावल नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलका संयोजक हुन् भने अध्यक्ष ओली पक्षबाट नेता सुवासचन्द्र नेम्वाङ संयोजक रहेका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक ठोस निष्कर्ष निकाल्न असफल भएको जनाइएको छ । बैठकमा सहभागी नेता माधवकुमार नेपाल पक्षका सचिव गोकर्ण विष्टले हिजोभन्दा आज प्रगति भएको जानकारी दिए ।
विवाद समाधान गरेर सहमति हुने गरी भोलि बुधबार फेरि बैठक बस्ने तयारी रहेको उनले बताए ।
बैठकमा सहभागी नेता रघुजी पन्तले मंगलबारको छलफल मूल मुद्दामा प्रवेश गरेको र छलफल जारी रहेको बताए ।
नेता पन्तले अध्यक्ष केपी शर्मा ओली र नेपालले संयुक्त वक्तव्य जारी गर्नेबारे छलफल नै नभएको बताए ।
ओलीले पार्टी एकताका लागि सोमवार कार्यदल ब्यूँताएपछि बैठक भइरहेका छन् । कार्यदलको बैठक सोमबार साँझ सिंहदरबारमा बैठक बसेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।